आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।११।२९ गते, मंगलबार (इ.सं. २०२३ मार्च १३) (अवधि वि.सं. २०७९।११।२१ देखि २०७९।११।२७ सम्म । ई.सं. २०२३, १०औं हप्ता)
१. क्यान्सर परिक्षण शिविर सम्पन्न
आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विचको समझदारी अनुरूप सञ्चालित स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत वि.सं. ०७९।११।२७ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को सर्बेश्वर स्वास्थ्य केन्द्रमा महिलाहरुमा हुने स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविरमा जम्मा ५४ जना महिलाहरुको परिक्षण गरियो । परिक्षण गरिएका मध्ये एकजना महिलामा VIA positive देखिएको छ । शिविर सञ्चालन हुन पूर्व वि.सं. २०७९।११।२६ गते सोहि स्थानमा २२ जना महिलाहरुको उपस्थितिमा क्यान्सर सम्वन्धि जनचेतना मुलक कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
२. सफ्टवेयर कम्पनी सँग समन्वय बैठक
आम्दा नेपाल मातहतका अस्पतालहरुमा प्रयोग हुदै आएको सफ्टवेयरको वितरक कम्पनी श्री मिडास प्रा.लि. सँग वि.सं २०७९।११।२६ गते कम्पनीले दिने सेवाहरु (Software Modules) र सो सेवाहरु मध्ये आम्दाले सञ्चालन गरेका अस्पतालहरुलाई आवश्यक पर्ने सेवाहरुका बारेमा समन्वय बैठक सम्पन्न भयो । छलफलमा हाललाई सामाजिक सुरक्षा कोष र विमा बोर्डको कार्यक्रम सञ्चालन गर्ने गरि नेपाल सरकारले तोकेको ढाँचामा मेडिकल रिपोर्ट गर्न सकिने व्यबस्था गर्दा लाग्ने खर्चको प्रस्ताव सफ्टवेयर कम्पनीले प्रस्ताव गर्ने सहमति गरियो ।
३. नियमित साप्ताहिक बैठक
वि.सं. २०७९।११।२९ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
ख. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण ।
- कार्यक्रम र बजेट अध्यावधिक गर्ने ।
- विगत लेखा परिक्षण प्रतिवेदनको समिक्षा र आन्तरिक लेखा परिक्षण ।
धन्यबाद !