Published Date: Mar 04, 2024
Expiry Date: Mar 09, 2024

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।११।२१ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।१३ देखि २०८०।११।१९ गते सम्म (ई.सं. २०२४, ०९ औं हप्ता) ।
साप्ताहिक अंक: ०९/२०२४


१. समाज कल्याण परिषद्को अनुगमन ।
शरणार्थी मामिला सम्वन्धि संयुक्त राष्ट्र संघिय कार्यालय (UNHCR) को सहयोगमा आम्दा नेपालले सञ्चालन गरेको भुटानी शरणार्थी परियोजनाको अनुगमनका लागी समाज कल्याण परिषद् बाट खटिनु भएका विज्ञ डा. अन्जना अधिकारी नेतृत्वको टोलीसँग आम्दा नेपालको केन्द्रीय कार्यालयमा वि.सं. २०८०।११।१४ गते अनुगमन बैठक सम्पन्न भएको छ ।  

२. शिलवन्दी प्रस्ताव बुझाउने अन्तिम मिति संशोधन ।
आम्दा नेपालको केन्द्रीय कार्यालय भवनको माथिल्लो तलामा सभाहल निर्माणका लागी बाँकी काम पुरा गर्न वि.सं. २०८०।११।०१ गते प्रकाशित सुचना वमोजिम शिलवन्दी बोलपत्र/प्रस्ताव पेश गर्ने अन्तिम म्याद वि.सं. २०८०।११।२१ गते दिउँसो २ वजे कायम गरी वि.सं. २०८०।११।१५ गते  सुचना नं. ९७९७ प्रकाशन गरिएको छ ।

३. दाँत उपचार सम्वन्धि सरसामान खरिदका लागी दरभाउ आव्ह्रान ।
आम्दा गोकर्णेश्वर आरोग्य उपचार केन्द्र मातहत सञ्चालित शिमाजु डेन्टल क्लिनिकका लागी दाँत उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरू खरिद गर्नका लागी दरभाउ प्रस्ताव माग सहित वि.सं. २०८०।११।१६ गते सुचना नं. ९८०१ प्रकाशन गरिएको छ ।

४. कर्मचारी छनौटका लागी प्रारम्भिक छनौट ।
आम्दा नेपालले वि.सं. २०८०।११।०४ गते प्रकाशन गरेको सुचना नं. ९७५० वमोजिम विभिन्न पदमा कर्मचारी छनौटका लागी प्राप्त निवेदन मध्येबाट योग्यताका आधारमा प्रारम्भिक सुचि वि.सं. २०८०।११।१७ गते सुचना नं. ९८०३ प्रकाशन गरिएको छ ।

५. निर्मल लामा स्मृति प्रतिष्टानबाट प्राप्त सहयोग हस्तान्तरण ।
निर्मल लामा स्मृति प्रतिष्टानबाट आम्दा अस्पतालका लागी केहि थान अस्पताल वेडहरूको हस्तान्तरणका लागी उक्त प्रतिष्ठानबाट श्री लिमामणी पोखरेल लगायतका व्यक्तित्वहरूलार्इ वि.सं. २०८०।११।१४ गते आम्दा अस्पताल दमकको भ्रमण व्यवस्था मिलाइएको छ ।

६. विस्तारित सेवाको लागी प्रस्ताव प्राप्त ।
तानसेन नगरपालिका, वडा नं. १४ को बैठकको निर्णय सहित सर्वपक्षिय सहमतिका साथ सि.बा.म. अस्पतालको विस्तारित सेवा उक्त वडाको अर्गली गाउँमा स्थापनाका लागी वि.सं. २०८०।११।११, च.नं. ५२५ को पत्र सहित प्रस्ताव प्राप्त भएको छ ।

७. परामर्शदाताको निरिक्षण भ्रमण
सि.बा.म. अस्पतालले प्रदान गर्दै आएको सेवाहरू मध्ये प्रसुति सेवाको सुधारका लागी अस्पतालको स्थलगत निरिक्षण तथा अवलोकन गरी राय सुझाव लिनका लागी नियुक्त परामर्श दाता डा. निभा वझाले वि.सं. २०८०।११।१६ र १७ गते सि.बा.म. अस्पतालको निरिक्षण भ्रमण सम्पन्न गरी प्रतिवेदन पेश गर्नु भएको छ ।

८. नियमित साप्ताहिक बैठक
बि. सं. २०८०।११।२१ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । अच्युत सापकोटा जारी ।
श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम  टुङ्गोमा पुर्याउने । अच्युत सापकोटा
(२०८०११३०)
जारी
फोटो संकलनः आम्दा नेपालको वि.सं. २०८१ को भित्तेपात्रो छाप्न आवश्यक मासिक उत्कृष्ट फोटोहरु सबै कार्यालयहरुबाट संकलन गर्ने । रामबाबु देव
(२०८०११२५)
जारी ।
विवरण वेवसाईट राख्नेः आर्थिक कारोवार सँग सम्बन्धित जानकारी र विवरण आम्दा नेपालको वेभ साईटबाट हेर्न मिल्ने गरी सुरक्षित राख्न आवश्यक व्यबस्था गर्ने ।   रामबाबु देव
(२०८०११२५)
तोकिएका पदाधिकारीहरूले हेर्न मिल्ने गरी वेभसाइडमा सुरक्षित गरि काम सम्पन्न ।
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने अच्युत सापकोटा

२०८१०१०१

     

 

 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
आन्तरिक लेखा परिक्षकका लागी छुट्टै कार्यस्थलको व्यवस्था गर्ने अच्युत सापकोटा

२०८०१२०१

   

 

   

 


धन्यबाद !

 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map