Updates (3)
Published Date: Mar 04, 2024
Expiry Date: Mar 11, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।२१ गते
(अवधि वि.सं. २०८०।११।१४ देखि २०८०।११।२० सम्म । ई.सं. २०२४, ०९ औं हप्ता)
१. १४ वटा आईसीयू अस्पतालको शैया हस्तान्तरण कार्यक्रम सम्पन्न l
१. १४ वटा आईसीयू अस्पतालको शैया हस्तान्तरण कार्यक्रम सम्पन्न l
आम्दा अस्पताल दमकलाई निर्मल लामा मेमोरियल फाउन्डेसन नेपालले निशुल्क प्रदान गरिएको 14 थान ICU Hospital Beds को मितिः २०८० फाल्गुन १४ गते सोमबार (२६ फेब्रुअरी २०२४), समय दिउसो १२:१५ वजे आम्दा अस्पताल दमकमा विधिवत रूपमा 14 थान ICU Hospital Beds हस्तान्तरण कार्यक्रममा निर्मल लामा मेमोरियल फाउन्डेसन बाट डा. विप्लवमणि पोखरेल ज्यु बाट उद्घाटन गरि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ड डा. प्रकाश शर्माले कार्यक्रमलाई प्रकाश पार्दै डा. शर्माले यो ICU Hospital Beds यहाँ जडान भएर बिरामी वर्ग लाई धेरै सुबिधा पुगेको जानकारी दिनु भयो । उक्त कार्यको प्रशंसा गर्दै डा. शर्माले भन्नु भयो ‘जुन सोच र सेवाको महसुस गरेर यहाँ ICU Hospital Beds जोडिदिनु भएको छ हामी त्यो सोचलाई शक्तिमा परिणत गर्दै काम गर्ने छौ र यसको सहि अधिकतम प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
२. स्वास्थकर्मीहरुका लागी ए. ई. एफ. आई. (AEFI Team) टिमको सूक्ष्म योजना गोष्ठीमा सहभागी पठाइएको सम्बन्धमा ।
श्री स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय झापा कोशी प्रदेश भद्रपुर, झापाको आयोजनामा मिति २०८०/११/१५ गते बिर्तामोड झापामा, “ए. ई. एफ. आई. (AEFI Team) टिमको सूक्ष्म योजना गोष्ठी” सम्बन्धि तालिम सम्पन्न भएको छ l उक्त तालिममा आम्दा अस्पताल, दमक बाट मेडिकल अधिकृत डा. शुवास चन्द्र सिंहले तालिममा सहभागीता जनाउनु भयो l