Published Date: Feb 26, 2023
Expiry Date: Mar 04, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं

साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०७९।११।२३ गते, मंगलबार (इ.सं. २०२३ मार्च ७) (अवधि वि.सं. २०७९।११।१४ देखि २०७९।११।२० सम्म । ई.सं. २०२३, ०९ औं हप्ता)

१. आम्दा नेपाल दिवस

आम्दा नेपालको ३२औं वार्षिकोत्सवको अवसरमा वि.सं. २०७९ फागुन २० गते आम्दा नेपाल, केन्द्रिय कार्यालयमा महिलाहरूको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर आयोजना गरि मनाईयो । शिविरमा जम्मा ५६ जना महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण गर्नुका साथै कोल्नोस्कोपी सेवा समेत प्रदान गरियो ।

२. कर्मचारी बिदाई कार्यक्रम

आम्दा नेपालमा वि.सं. २०५४।०२।२७ गते सेवा प्रवेश गरी कार्यालय सहयोगी सेवारत श्री टिका प्रसाद अर्याल उमेर हदका कारण वि.सं. २०७९।१०।०३ गतेबाट अवकाश प्राप्त गर्नु भएकोमा निजलार्इ आम्दा नेपालका अध्यक्षको उपस्थितिमा मिति २०७९।११।१९ गते सुखद बिदाई कार्यक्रम सम्पन्न गरियो ।

३. स्वास्थ्य केन्द्रका प्रमुखहरुसँग समन्वय बैठक

आम्दा नेपालले सञ्लालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत कार्यरत कार्यक्रम अधिकृत श्री सृजना श्रेष्ठ र गोकर्णेश्वर नगरपालिका भित्र रहेका स्वास्थ्य केन्द्रका प्रमुखहरु विच वि.सं २०७९।११।१५ गते समन्वय बैठक सम्पन्न भएको छ । समन्वय बैठककमा परियोजनाले हाल सम्म गरेका कार्यक्रमहरुको प्रभाव र आगामि दिनहरुमा सेवालाई निरन्तरता दिन आम्दा नेपाल र स्वास्थ्य केन्द्रको भुमिका लगायतका विषयहरुमा छलफल भएको छ ।

४. व्यबस्थापन बैठक सम्पन्न

आम्दा नेपाल केन्द्रिय कार्यालयको व्यबस्थापनमा संलग्न कर्मचारीहरु र आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम तथा परियोजनाहरुको ब्यवस्थापनमा संलग्न कर्मचारीहरु बिच हप्तामा एक पटक एउटा कार्यालयसँग समसामयिक विषयमा व्यवस्थापन समन्वय बैठक सञ्चालन गर्ने निर्णय बमोजिम वि.सं २०७९ फागुन १९ गते आम्दा अस्पताल, दमक र आम्दा नेपाल केन्द्रिय कार्यालय विच सम्पन्न व्यवस्थापन समन्वय बैठकमा निम्न विषयमा छलफल सम्पन्न भएको छ ।

क) कर्मचारी नियुक्ति

ख) कर्मचारीहरुको पदोन्नति तथा तहवृद्दि

ग) अस्पताल भवन निर्माण

५. नियमित साप्ताहिक बैठक

वि.सं. २०७९।११।२३ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।

आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।

ख. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण ।

- दर्ता नविकरण अध्यावधिक गर्ने ।

- समाचार प्रकाशन तथा वितरण गर्ने ।

ग. समिति गठन

आम्दा नेपालको स्टोरको भौतिक परिक्षण विविध कारणले रोकिएकोमा १० दिन भित्र प्रतिवेदन पेश गर्ने गरि आम्दा नेपालका बरिष्ठ अधिकृत अच्युत सापकोटाको संयोजकत्वमा तिन सदस्यिय समिति गठन गरिएको छ ।

क) श्री अच्युत सापकोटा- संयोजक

ख) श्री रेनुका बस्नेत- सदस्य

ग) श्री पार्वती भट्ट- सदस्य

धन्यबाद !

AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map