Published Date: Feb 18, 2024
Expiry Date: Feb 24, 2024

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।१४ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।०६ देखि २०८०।११।१२ गतेसम्म (ई.सं. २०२४, ०८औं हप्ता) ।
साप्ताहिक अंक: ०८/२०२४
 
१. पालिकाको खोप कार्यक्रममा सहभागिता    
बुटवल उप-महानगरपालिकाले मिति २०८०/११/०८ गतेका दिन आयोजना गरेको खोप सम्बन्धि अभिमुखीकरणमा सि.बा.म. अस्पतालबाट सरस्वती देवकोटा र इन्दू भट्टराई सहभागी हुनुभयो । निजहरूले पालिकाले योजना बनाए अनुसार विभिन्न स्थानमा खटिई खोप सेवा प्रदान गर्नुहुनेछ ।
 
२. CTS तालिममा सहभागिता  
लुम्बिनी प्रदेश, बुटवलको आयोजना र NSI को सहकार्यमा मिति २०८०/११/०९ गतेदेखि २०८०/११/१५ गतेसम्म संचालन भएको  CTS तालिममा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालका डा. सुमन बानियाँ (एनेस्थेसियोलोजिस्ट) सहभागी हुनुभयो ।
 
३. तिलोत्तमा नगरपालिका भ्रमण   
सिद्धार्थ बाल तथा महिला अस्पतालका सामाजिक इकाई इन्चार्जबाट २०८०/११/१० गतेका दिन तिलोत्तमा नगरपालिकाको भ्रमण भयो । अस्पतालबाट प्रदान भइरहेको सेवाहरू विशेषगरी सामाजिक सुरक्षा कोषको सेवाबारेमा छलफल भयो ।
 
४. स्वास्थ्य शिविरमा सहभागिता    
सिद्धार्थ बाल तथा महिला अस्पतालको टोलि रिडी राम्दी पाल्पाली समाजले मिति २०८० फाल्गुन ११ र १२ गते  का दिन बगनासकाली-८, पाल्पामा आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरमा सहभागी भयो । मे.सु. डा. राजेन्द्र प्रसाद बस्यालज्यूको नेतृत्वमा गएको टोलीमा सुनिता गैरे, संगीता बिक, सिता बस्याल र श्रीकान्त सुवेदी रहनुभएको थियो ।
 
३. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/११/०६ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
 
 
धन्यवाद !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map