Published Date: Feb 27, 2023
Expiry Date: Mar 05, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।११।१५ गते, मंगलबार (इ.सं. २०२३ फेब्रेवरी २७)
(अवधि वि.सं. २०७९।११।०७ देखि २०७९।११।१३ सम्म । ई.सं. २०२३, ०८ औं हप्ता)
 

१. क्यान्सर परिक्षण शिविर तथा जनचेतनामुलक कार्यक्रम
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा सञ्चालित स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत नगरपालिकाको वडा नं. ८ मा रहेको स्वास्थ्य केन्द्रमा मिति २०७९।११।१३ मा सम्पन्न शिविरमा जम्मा ४४ जना महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण सम्पन्न भएको छ । गतहप्ता नगरक्षेत्र भित्र रहेका आधारभुत विद्यालयहरु मध्ये र वडा नं. १ मा रहेको रामजानकी आधारभुत विद्यालय, सुन्दरीजल, वडा नं. २ मा रहेको भिमदेव आधारभुत विद्यालय, नयाँपाटी, र वडा नं. ३ मा रहेको ग्राम सुधार विद्यालय, गाम्चा मा कक्षा ६ देखि ८ सम्मका छात्राहरुलाई महिलाहरुमा हुने स्तन तथा पाठेघर मुखको क्यान्सरका बारेमा जन चेतनामुलक कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।

२. कर्मचारीहरुको नियुक्ति
आम्दा नेपालले मिति २०७९।१०।२३ मा प्रकाशित सूचना वमोजिम जुनियर केयर टेकर (पियन/गार्ड) पदका लागि छोटो सूचीमा छनौट भएका उमेद्वारहरुको मिति २०७९।११।०८, र ०९ गते सम्पन्न मौखिक परिक्षामा निम्न उमेद्वारहरु छनौट हुनु भएको छ । Result Announcement_Junior Care Taker (amda.org.np)
क. श्री सबीना तामाङ
ख. श्री नबिन परियार   
 
३. पेशागत सुरक्षा र स्वास्थ्य कार्यविधिको मस्यौदा तयार
आम्दा नेपालमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षा र स्वास्थ्य सम्बन्धि नीतिगत व्यबस्था आवश्यक भएकाले ‘पेशागत सुरक्षा र स्वास्थ्य’ कार्यविधि २०७९" को मस्यौदा तयार गरिएको छ ।  

४. नीति पुनरावलोकन समिति संयोजकसँग बैठक सम्पन्न
आम्दा नेपाल नीति पुनरावलोकन समितिका संयोजक डा. यज्ञराज पाठक र आम्दा नेपाल केन्द्रिय कार्यालयका कर्मचारीहरु विच वि.सं. २०७९।११।१२ गते सम्पन्न भयो । सो बैठकमा नीतिमा रहेको व्यबस्थामा आवश्यक परिवर्तन तथा थपघटका बारेमा छलफल गरि नीतिमा गर्नुपर्ने परिमार्जनका बारेमा लिखित सुझाव पेग गरिएको छ ।

५. नियमित साप्ताहिक बैठक
वि.सं. २०७९।११।१५ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
 
ख. amda.org.np डोमेनमा ई-मेल व्यवस्था
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीले प्रयोग गर्ने amda.org.np डोमेन सहित को इमेल मा स्वचालित रूपमा आम्दा नेपाल लोगो सहित केही महत्वपूर्ण सुचना समेत प्रवाह गर्नु पर्ने भएको र हाल उक्त डोमेन प्रयोगकर्ता मध्ये कस कसलाइ के कतित कारणले amda.org.np डोमेनमा ईमेल सुविधा आवश्यक छ? पहिचान गरी, सामान्यतया पदिय जिम्मेवारी रहने कर्मचारी र आम्दा नेपालका सदस्यलाइ मात्र amda.org.np डोमेन सहितको इमेल आइडी प्रदान गर्ने र अन्यको हकमा सवन्धित कार्यालयको सिफारिशमा इमेल एकाउन्ट खोल्ने व्यवस्था गर्ने निर्णय गरिएको छ ।

ग. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण ।
- आम्दा नेपालले प्रयोग गर्ने फारमहरूको नमूना/ढाँचा अध्यावधिक गर्ने ।
- मानव संसाधन संवन्धित विवरण अध्यावधिक गर्ने ।
- आन्तरिक व्यबस्थापन समितिको विवरण अध्यावधिक गर्ने ।
 
धन्यबाद !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map