Published Date: Feb 04, 2024
Expiry Date: Feb 10, 2024

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१०।२९ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।२१ देखि २०८०।१०।२७ गतेसम्म (ई.सं. २०२४, ०६औं हप्ता) ।
साप्ताहिक अंक: ०६/२०२४
 
१. नाक कान घाँटी विशेषज्ञ (ENT) सेवाको शुभारम्भ  
मिति २०८०/१०/२१ गते देखि नाक कान घाँटी सर्जन डा. सरोज चापागाईंले सिद्धार्थ बाल तथा महिला अस्पतालमा सेवा प्रारम्भ गर्नुभयो । यस सेवाले बालबालिकामा बारम्बार देखिने नाक कान घाँटीको समस्यालाई राहत पुग्नेछ । डा. सरोज चापागाईंले विस्तारित स्वास्थ्य सेवा अन्तर्गत सेवा प्रदान गर्नुहुनेछ ।
 
२. ६० वर्ष माथिका ज्येष्ठ नागरिक स्वास्थ्य अभियानका लागि बैठक   
मिति २०८०/१०/२२ गतेका दिन बुटवल उपमहानगरपालिकाद्वारा आयोजना गरिएको बैठकमा मे.सु.डा.राजेन्द्र प्रसाद बस्याल र सामाजिक इकाई इन्चार्ज श्रीकान्त सुवेदीको सहभागिता रह्यो । बैठकले पालिकाभित्र रहेका ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने योजना बनायो । यस अभियानको योजना बमोजिम सिद्धार्थ बाल तथा महिला अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले समेत घरदैलोमा सेवा प्रदान गर्नेछन ।
 
३. फिल्ड अध्ययनका लागि महाराजगन्ज चिकित्सा क्याम्पसका विद्यार्थीहरूको टोलि सि.बा.म.अस्पतालमा
महाराजगन्ज चिकित्सा क्याम्पसमा MBBS चौथो वर्ष (४०औं ब्याच) मा अध्ययनरत विद्यार्थीहरूले आम्दा-नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलमा मिति २०८०/१०/२१ देखि ३ हप्ते स्वास्थ्य व्यवस्थापन प्रणाली (Health System Management) फिल्ड अध्ययन प्रारम्भ गरेका छन् । कूल १० जना विद्यार्थीहरू रहेको टोलीले २१ दिन अस्पतालको विभिन्न विभागमा रही अध्ययन गर्नेछन ।
 
४. अस्पतालमा जटिल प्रसुती सेवाको प्रेषण प्रणालीको सुदृढिकरण कार्यक्रमको अभिमुखीकरणमा सहभागिता  
स्वास्थ्य कार्यालय, रूपन्देहीले मिति २०८०/१०/२५ मा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आयोजना गरेको अस्पतालमा जटिल प्रसुती सेवाको प्रेषण प्रणालीको सुदृढिकरण कार्यक्रमको अभिमुखीकरणमा आम्दा-नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका डा. शशिशेखर झा, मेट्रोन सुशिला विश्वकर्मा र नर्स  ज्ञानु कार्की सहभागि हुनुभयो ।
 
५. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/१०/२१ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
 
धन्यवाद !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map