Published Date: Jan 29, 2024
Expiry Date: Feb 04, 2024

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।१०।१५ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।०७ देखि २०८०।१०।१३ गते सम्म (ई.सं. २०२४, ०४ औं हप्ता) ।
साप्ताहिक अंक: ०४/२०२४

१. भुटानी शरणार्थी सहायता परियोजना संझौता
आम्दा नेपाल र संयुक्त राष्ट्र संघिय शरणार्थी मामिला सम्वन्धि उच्चायुक्तको कार्यालय, काठमाण्डौं विच सन् २०२४ का लागी भुटानी शरणार्थी सहयता परियोजना संझौता सम्पन्न भएको छ ।

२. आम्दा नेपाल कार्यकारिणी समितिको बैठक सम्पन्न ।
आम्दा नेपाल कार्यकारिणी समितिको वि.सं. २०८०।१०।११ गते बसेको चौथो बैठक निम्न विषयमा छलफल तथा निर्णयहरु गरि सम्पन्न भएको छ ।
१.१ बैंक खाता सञ्चालन एवं रकम निकाशा र भुक्तानी ।
१.२ आम्दा मेची अस्पतालको बैंक खाता सञ्चालनको हस्ताक्षर परिवर्तन ।
१.३ आम्दा नेपाल मातहतका कार्यालयहरूको प्रयोजनका लागी खोलिएका बैंक खाताहरूबाट विद्धुतिय माध्यमबाट बैंकिङ्ग कारोवार सञ्चालन ।
१.४ कार्यविधि संशोधन तथा स्विकृत ।
१.५ भुटानी शरणार्थी सहायता परियोजना संझौता स्विकृत । 
१.६ पदपुर्ति तथा खरिद समिति समिति पुनर्गठन ।
१.७ एक लाख भन्दा माथिको पूँजीगत खर्चका लागी पूर्व स्विकृति।
१.८ दोश्रो पटकको लिलाम बिक्री प्रकृयामा कर्मचारी समेतले भाग लिन सक्ने ।
१.९ केन्द्रिय कार्यालयको सभाहल निर्माण ।
१.१० आम्दा मेची अस्पतालमा विषेश सेवा करारमा कर्मचारी नियुक्त । 
१.११ स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको स्विकृत कार्यक्रम र बजेट अनुमोदन ।
१.१२ स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको स्विकृत दरबन्दी अनुमोदन ।
 
३. उपसमिति गठन
वि.सं. २०८०।१०।११ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार केन्द्रीय कार्यालयबाट हुने खरिद सम्वन्धि कामको हकमा खरिद समितिको तर्फबाट खरिद सम्वन्धि कामको प्रकृया निर्धारण, दरभाउपत्र/बोलपत्र फारम तयारीका लागी आवश्यक परेमा परामर्शदाता छनौट, बोलपत्र/दरभाउपत्र फारम निर्धारण, सुचना प्रकाशन, प्रि विड मिटिङ् सञ्चालन, प्रस्ताव संकलन, शिलवन्दी दरभाउपत्र/बोलपत्र खोल्ने र शिलवन्दी दरभाउपत्र/बोलपत्रको योग्यता परिक्षण सम्मको काम सम्पन्न गरी सो को विवरण सहित आर्थिक मूल्याङ्कन र प्राविधिक मूल्याङ्कन लागी खरिद समिति संयोजक समक्ष प्रतिवेदन सहित वुझाउने काम गर्ने तथा पदपूर्ति सम्वन्धि कामको हकमा पदपूर्ति समितिको तर्फबाट रिक्त पदमा कर्मचारी छनौटका लागी, प्रकृया निर्धारण, सुचना प्रकाशन, प्रारम्भिक छनौट, प्रश्नपत्र तयारीका लागी परामर्शदाता छनौट, प्रश्नपत्र तयारी, लिखित परिक्षा सञ्चालनका लागी व्यवस्था गरि लिखित परिक्षाको उत्तरपुस्तिका पदपूर्ति समितिका संयोजकलाइ हस्तान्तरण गर्ने सम्मको काम गर्ने गरी निम्नानुसार उपसमिति गठन भएको छ ।

क. खरिद उपसमिति
१. मूख्य प्रशासकः  पदेन संयोजक
२. लेखा शाखा प्रमुखः पदेन सदस्य
३. खरिद/भण्डार शाखा प्रमुख कर्मचारीः पदेन सदस्य

ख. पदपूर्ति उपसमिति
१. मूख्य प्रशासकः  पदेन संयोजक
२. जनशक्ति व्यवस्थापन शाखा प्रमुख कर्मचारीः पदेन सदस्य

४. लिखित परिक्षा तथा अन्तरवार्ता सम्पन्न ।
आम्दा सास्थ्य विज्ञान प्रतिष्ठान, बुटवल र दमकका लागि आवश्यक जनशक्तिहरुको पदपुर्ति गर्न विभिन्न मितिमा प्रकाशित सूचना बमोजिम कार्यालय सहायक तथा अधिकृत (प्रशिक्षक) पदका लागि अनलाईन माध्यमबाट प्राप्त निवेदनहरुको आधारमा योग्य उम्मेदवारहरुको छनौट गरि विषयगत परिक्षा तथा अन्तर्वार्ताको काम सम्पन्न भएको छ ।

५. माननीय अर्थ मन्त्रीसँग भेटघाट ।
आर्थिक ऐन २०७८ को दफा २३ वमोजिमको सुविधा पाउन आम्दा नेपाललाइ वन्चित गरिएको विषयमा ध्यानाकर्षण गराउदै उक्त ऐन वमोजिम पाउनु पर्ने सुविधा प्रदान गरिदिन अनुरोध पत्र सहित आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल, डा. अनिल कुमार दास, डा. माधव प्रसाद खनाल, डा. सरोज प्रसाद वझा, डा. ऋषिकेश नारायण श्रेष्ट, डा. दिनेश बिनोद पोख्रेल तथा डा. योगेन्द्र प्रसाद सिंह समेतको टोलीले माननीय अर्थ मन्त्री डा. प्रकाश शरण महतलाइ वि.सं. २०८०।१०।०९ गते मंगलबार भेटघाट सम्पन्न भएको छ ।

६. नियमित साप्ताहिक बैठक
    बि. सं २०८०।१०।१५ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा
 
       
श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

 

सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने ।
अच्युत सापकोटा

 

विमा अध्यावधिकः आम्दा नेपालमा कार्यरत कर्मचारी तथा संस्थाको सम्पत्तिको आवश्यकता अनुसार विमा अध्यावधिक गर्ने । पुण्यलाल महत्तो

 

संझौता र समझदारीहरु अध्यावधिकः आम्दा नेपालले विभिन्न दातृ संस्था, स्थानिय वा आपुर्तिकर्ताहरु सँग गरेका समझदारी तथा संझौताहरु अध्यावधिक गर्ने । अच्युत सापकोटा

 

ढाँचा लागु गर्नेः आम्दा नेपालका नीतिनियम, कार्यविधिमा रहेका विभिन्न ढाँचाहरु अध्यावधिक भए बमोजिम प्रयोगमा ल्याउने र सोहि बमोजिमको जिम्मेवारी सम्बन्धित युनिटलाई हुने व्यबस्था कायम गर्ने । उमेश आचार्य

तयार भइ सकेका ढाँचाहरु लागु गर्न पत्राचार गर्ने ।

असुल उपर गर्नेः आम्दा नेपालले अवकाश दिएको पुर्व कर्मचारी श्री तारा थापाको नाममा रहेको दायित्व ३० दिन भित्र फरफारक गर्न प्रत्राचार गर्ने र समयमा फरफारक हुन नसकेमा कानुनी उपचारमा जान कार्य समितिमा शिफारिस गर्ने । अच्युत सापकोटा

 

 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
कार्य समितिका बैठकका निर्णयहरुको कार्यान्वयन  

 

नीति, नियम, कार्यविधि तथा निर्देशिका    
कर विवरण अध्यावधिक गर्ने    
खरिद संझौता एवं समझदारी अध्यावधिक गर्ने    
नियमित निरिक्षण र मरमत संभार गर्ने    
 
 ग. 
बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
आम्दा नेपाल अन्तर्गतका सम्पुर्ण कार्यालयमा Static QR कोडबाट भुक्तानी गर्ने व्यबस्था मिलाउने ।  

 

अस्पताल सफ्टवेयरको भुक्तानीका लागि आवश्यक प्रतिवेदनहरुको संकलन गर्ने ।  

 

   

 

 
घन्यबाद !
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map