Updates (3)
Published Date: Feb 11, 2024
Expiry Date: Jan 20, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१०।०८ गते, सोमवारसिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०९।२९ देखि २०८०।१०।०६ गतेसम्म (ई.सं. २०२४, ०३औं हप्ता) ।
साप्ताहिक अंक: ०३/२०२४
१. आन्तरिक व्यवस्थापन समिति बैठक
मिति २०८०/१०/०२ गतेका दिन सि.बा.म. आन्तरिक व्यवस्थापन समितिका अध्यक्ष तथा मे.सु. डा. राजेन्द्र प्रसाद बस्यालज्यूको अध्यक्षतामा समितिको पूर्ण उपस्थिति (५ सदस्य) मा आन्तरिक व्यवस्थापन समितिको बैठक बस्यो । बैठकमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रधानाध्यापक सरिता रावल समेतको उपस्थिति रह्यो । बैठकमा निम्न प्रस्ताव उपर छलफल तथा आवश्यक निर्णयहरू भएको थियो:
- आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि कर्मचारी व्यवस्थापन सम्बन्धमा
- कार्यसम्पादन मूल्यांकन सम्बन्धमा
- अवलोकन भ्रमणका लागि टोलि पठाउने सम्बन्धमा
- स्क्र्याप व्यवस्थापन सम्बन्धमा
- क्यान्टिन निर्माण सम्बन्धमा
- मेटरनिटि ब्लक मर्मत सम्बन्धमा
- सुरक्षाकर्मी तथा सफाईकर्मी आपूर्तिका लागि बोलपत्र आव्हान गर्ने सम्बन्धमा
- एम्बुलेन्सको लगतकट्टाका लागि केन्द्रिय कार्यालयलाई पत्राचार गर्ने सम्बन्धमा
- AIHS मा विद्यार्थी भर्नामा सिट निर्धारणका लागि CTEVT लाई पत्राचार गर्ने सम्बन्धमा
- जनरल सर्जनको दरबन्दी सिर्जनाका लागि केन्द्रिय कार्यालयलाई पत्राचार गर्ने सम्बन्धमा
- सामाजिक संजाल मार्फत अस्पतालको प्रवर्धन गर्ने सम्बन्धमा
२. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/०९/२९ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
धन्यवाद !