Published Date: Jan 22, 2024
Expiry Date: Jan 28, 2024

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१०।०८ गते, सोमवार
अवधिः वि.सं. २०८०।०९।२९ देखि २०८०।१०।०६ गते सम्म
साप्ताहिक अंक: ०३/२०२४


१. स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण परियोजनाको अन्तिम समिक्षा तथा समापन कार्यक्रम सम्पन्न ।
आम्दा नेपालले आम्दा माईण्डस् जापानको सहयोग र गोकर्णेश्वर नगरपालिका सँगको समन्वय/सहयोगमा सन् २०२१ जनवरी देखि २०२३ डिसेम्बर सम्म सञ्चालन गरेको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको समिक्षा तथा समापन कार्यक्रम सन् २०२४ जनवरी २१ तारेखको दिन सफलता पूर्वक सम्पन्न भएको छ । यस परियोजना अन्तर्गत चार हजार भन्दा बढि ३०-६० वर्ष उमेर समुहका महिलाहरुको स्तन तथा मुखको क्यान्सर परिक्षण, विभिन्न महिला समुह तथा विद्यार्थीहरुलाई जन-सचेतना कार्यक्रम, स्वास्थ्यकर्मीहरूलाइ क्यान्सर परिक्षण परिक्षण सम्वन्धि तालिम, गोकर्णेश्वर नगरपालिका भित्रका स्वास्थ्य केन्द्रहरूलाइ क्यान्सर परिक्षणका लागी आवश्यक उपकरण वितरण लगायतका गतिविधि पूर्ण सफलताका साथ सम्पन्न भएको छ । परियोजनाको समिक्षा तथा समापन कार्यक्रममा दातृ संस्थाका प्रतिनिधि, गोकर्णेश्वर नगरपालिकाका मेयर, उपमेयर तथा कर्मचारीहरु, समाज कल्याण परिषद्का प्रतिनिधि, नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा प्रतिनिधि, विभिन्न आईएनजिओका प्रतिनिधिहरु र आम्दा नेपाल कार्यकारिणि समितिका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । यस समापन कार्यक्रममा परियोजना अवधिमा सर्वोकृष्ठ सेवा प्रदान गर्ने जोरपाटी केन्द्रलाइ पुरस्कृत गरिएको थियो । परियोजना अवधिभर सेवा प्रदान गर्ने चिकित्सक र स्वास्थ्य केन्द्रहरूलाइ समेत सम्मान स्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो ।

२. परियोजना अनुगमन सम्पन्न ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको समाज कल्याण परिषद्बाट अनुगमन सम्पन्न भएको छ ।

३. संस्थागत क्षमता पहिचान सिंहावलोकन ।
आम्दा नेपालको संस्थागत क्षमता अभिवृद्दि गर्ने हेतुले चरणवद्द रूपमा गरिदै आएको सुधारको अभियान अन्तर्गत वि.सं. २०८०।१०।०३ गते, आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको उपस्थितिमा सिंहावलोकन सम्पन्न भएको छ । अगिल्लो पटक वि.सं. २०८०।०९।१२ सम्पन्न सिंहावलोकन देखी वि.सं. २०८०।१०।०३ गतेको विचमा भए गरेका कामको प्रगति अनुरूप प्रतिवेदन तयार गरी आम्दा नेपालको वेभसाइडमा अपलोड गरिएको छ ।

४. सुरक्षा र सरसफाइ तालिम ।
आम्दा नेपालमा कार्यरत विशेषत सहयोगी स्तरका कर्मचारीहरूका लागी सुरक्षा र सरसफाइ (सुन्दरता) विषयमा तालिम प्रदान गर्न एक तालिम सहयोगी पुस्तिका तयार गरिएको छ । सुरक्षा र सरसफाइ तालिम प्रदान गरी सहयोगी कर्मचारीलाइ काम प्रति थप उप्रेरित गर्न र उनीहरूका सुझावहरू संवोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

५. सामाजिक परिक्षण कार्यविधिको अन्तिम मस्यौदा तयार ।
आम्दा नेपालको प्रयोजनका लागी सामाजिक परिक्षण कार्यविधिको अन्तिम मस्यौदा तयार भएको छ । यस प्रकारका कार्यविधिहरूले आम्दा नेपालको संस्थागत क्षमता अभिवृद्दी हुने विश्वास लिर्इएको छ । सामाजिक परिक्षण कार्यविधि लगायत यस पूर्व तयार भइ अन्तिम मस्यौदाको रूपमा प्रस्तुत कार्यविधिहरू कार्यकारिणी समितिले आवश्यक संशोधन सहित स्विकृत गरे पछी लागु हुनेछन् ।
 
६. नियमित साप्ताहिक बैठक
. बि. सं २०८०।१०।०८ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
ख. अघिल्लो बैठकको समिक्षा ।आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा
सुरक्षा र सुन्दरता विषयमा तालिम सञ्चालनका लागी सहयोगी सामाग्री तयार ।
डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी
पुतुवार, रामबाबु देव
 
कार्य समितिको निर्णयानुसार गर्ने ।
श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००९१५

सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने ।
अच्युत सापकोटा

२०८००७१५

आम्दा नेपालका फारमहरुको ढाँचालाई अन्तिम रुप दिई आम्दा नेपालको वेवसाईटमा राख्ने र समान प्रकृतिको काम सम्पुर्ण कार्यालयहरुले सोहि ढाँचा अनिवार्य रुपमा प्रयोग गर्न पत्राचार गर्ने । सुदेश रेग्मी

ढाँचा स्विकृत

योजना, कार्यक्रम अनुरुपको वार्षिक क्यालेन्डर तयार गर्ने । उमेश आचार्य

 

अनुगमन निरक्षणः आम्दा नेपाल अन्तर्गत सञ्चालित कार्यक्रमहरुको नियमित व्यबस्थापनको अनुगमन गर्ने । सुदेश रेग्मी

व्यवस्थापन अनुगमन कार्यविधि तयार

विमा अध्यावधिकः आम्दा नेपालमा कार्यरत कर्मचारी तथा संस्थाको सम्पत्तिको आवश्यकता अनुसार विमा अध्यावधिक गर्ने । पुण्यलाल महत्तो

 

१० नागरिक वडा पत्रः सञ्चालित कार्यक्रमहरुले प्रकाशन गरेका नागरिक वडा पत्रहरुलाई आम्दा नेपालको वेवसाईटमा प्रकाशन गर्ने व्यबस्था मिलाउने । उमेश आचार्य

सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको ।

११ संझौता र समझदारीहरु अध्यावधिकः आम्दा नेपालले विभिन्न दातृ संस्था, स्थानिय वा आपुर्तिकर्ताहरु सँग गरेका समझदारी तथा संझौताहरु अध्यावधिक गर्ने । अच्युत सापकोटा

 

१२ ढाँचा लागु गर्नेः आम्दा नेपालका नीतिनियम, कार्यविधिमा रहेका विभिन्न ढाँचाहरु अध्यावधिक भए बमोजिम प्रयोगमा ल्याउने र सोहि बमोजिमको जिम्मेवारी सम्बन्धित युनिटलाई हुने व्यबस्था कायम गर्ने । उमेश आचार्य

ढाँचा स्विकृत

१३ असुल उपर गर्नेः आम्दा नेपालले अवकाश दिएको पुर्व कर्मचारी श्री तारा थापाको नाममा रहेको दायित्व ३० दिन भित्र फरफारक गर्न प्रत्राचार गर्ने र समयमा फरफारक हुन नसकेमा कानुनी उपचारमा जान कार्य समितिमा शिफारिस गर्ने । अच्युत सापकोटा

 

 
ग. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
दर्ता नविकरण अध्यावधिक गर्नेः  दर्ता नविकरण गराउनुपर्ने विषयहरुको वर्गिकरण गरी चरणवद्द योजना अनुरुप दर्ता नविकरण गर्ने ।  

 

आर्थिक समिक्षा र बजेटः  आर्थिक कारोवारको विवेचनात्मक अध्ययन गरी विवरण तयार गर्ने र बजेट अध्यावधिक गराउने ।    
धरौटी र जमानत अध्यावधिक गर्नेः जुनसुकै प्रयोजनले संस्थाको नाममा रहेको बैक जमानतको विवरण अध्यावधिक गर्ने ।    
आपुर्तिः कार्यालयमा प्रयोग हुने सरसामाग्रिहरुको सूची तयार गर्ने, खरिद तथा मर्मत संभारको कार्ययोजना अध्यावधिक गर्ने, लिलाम वा नष्ट गर्नु पर्ने सामाग्रिहरुको आवश्यक व्यबस्था गर्ने, संझौता बमोजिम काम भए नभएको अनुगमन गर्ने ।    
कार्यक्रम स्विकृति लिनेः कार्यक्रम नविकरण तथा स्विकृतिको व्यबस्ता गर्ने, कार्यक्रमको प्रगति विवरण तयार गरी सार्वजनिक गर्ने र सकपमा पेश गर्ने ।    
 
 
धन्यबाद !

 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map