Published Date: Jan 23, 2023
Expiry Date: Jan 29, 2023
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१०।०९ गते, मंगलबार (इ.सं. २०२३ जनवरी २३)जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।१०।०१ देखि २०७९।१०।०७ सम्म । ई.सं. २०२३, ०३ औं हप्ता)
१. | व्यबस्थापन कार्याशाला गोष्ठी |
आम्दा नेपालले आ.व. २०७९/०८० को अर्ध वार्षिक प्रगति समिक्षा, बाँकी छ महिनाको कार्ययोजना र संस्थामा कार्यान्वयनमा रहेका वा लागु गर्नुपर्ने देखिएका नीति, नियमावली, निर्देशिका कार्यविधिहरुको संशोधन/परिष्कृत/ निर्माण लगायतका विषयमा छलफल गर्न वि.सं. २०७९।१०। १४ र १५ गते व्यबस्थापन कार्यशाला गोष्ठि गर्ने भएको छ । | |
२. | स्तन तथा पाठेघर मुखको क्यान्सर शिविर सञ्चालन |
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. ६ आम्दा नेपाल कार्यालयमा वि.सं २०७९।१०।०७ गते सञ्चालित परिक्षण शिविरमा जम्मा ५० जना महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण भएको छ । | |
३. | कर्मचारी उमेर हदका कारण अवकाश |
आम्दा नेपालमा केन्द्रिय कार्यालयमा विगत २५ वर्ष देखि गार्ड/पियन पदमा कार्यरत टिका प्रसाद अर्यालको योगदानको उच्च मुल्याङ्कन गर्दै उज्जल भविष्यको कामना सहित उमेर हदका कारण सेवावाट अवकाश दिईएको छ । | |
४. |
नियमित साप्ताहिक बैठक |
प्रत्येक साताको सोमवार विहान ९ वजे केन्द्रीय कार्यालयमा सञ्चालन हुने नियमित साप्ताहिक बैठकमा वि.सं. २०७९।१०।०९ गते निम्न विषयहरूमा जानकारी प्राप्त भई छलफल र निर्णय गरियो । | |
क. रिक्त पदमा पदपुर्ति
|
|
आम्दा नेपाल केन्द्रिय पदपुर्ति समितिले मिति २०७९।१०।०७ गते सिद्दार्थ वाल तथा महिला अस्पताल, बुटवलमा रिक्त रहेको स्रि रोग विषेशज्ञ पदमा एक जना र रेडियोग्राफर पदमा एक जना गरी जम्मा दुई वटा पदमा कर्मचारी छनौट गरिएको छ । | |
ख. आपुर्तिकर्ता छनौट
|
|
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको दोस्रो तलाको बाँकि निर्माण कार्य सम्पन्न गर्न शिलबन्दि प्रस्ताव माग गर्न सूचना प्रकाशित गरिएकोमा रित पुर्वक प्राप्त भएका शिलबन्दि बोलपत्र प्रस्तावहरू मध्ये प्राविधिक रुपमा योग्य र आर्थिक प्रस्तावमा न्यूनतम मुल्य प्रस्ताव गर्ने श्री डि.आर. कन्सट्रक्सन, मेचीनगर-१०, झापालाई छनौट गरिएको छ । |