आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१०।०२ गते, सोमवार (इ.सं. २०२२ जनवरी १६) (अवधि वि.सं. २०७९।०९।२४ देखि २०७९।०९।३० सम्म । ई.सं. २०२३, दोश्रो हप्ता)
१. कार्यक्रम नविकरण
आम्दा नेपालले सञ्चालन गर्दै आएका परियोजनाहरूको स्विकृति तथा नविकरणका लागी आवश्यक प्रवन्ध गर्ने निर्णय भएको छ ।
२. नियमित साप्ताहिक बैठक
वि.सं. २०७९।१०।०२ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. व्यवस्थापन समन्वय बैठक
आम्दा नेपाल मातहतका विभिन्न कार्यालयहरूसँग साप्ताहिक रूपमा व्यवस्थापन समन्वय बैठक सञ्चालन गर्ने र समन्वय बैठकमा सम्वन्धित कार्यालयले प्रस्ताव गरेका विषयहरूको कार्यान्वयन गर्न सहजिकरण गर्ने तथा नीतिगत समस्याका वारेमा छलफल गरी कार्यसमितिलाइ जानकारी गराउने प्रवन्ध मिलाउने निर्णय गरिएको छ ।
घन्यबाद!