Updates (3)
Published Date: Jan 08, 2024
Expiry Date: Jan 14, 2024
आम्दा नेपाल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
बुटवल-७, रुपन्देही
साप्ताहिक गतिविधि
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
बुटवल-७, रुपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०९।२३ गते, सोमवार
अवधिः वि.सं. २०८०।०९।१६ देखि २०८०।०९।२२ गते सम्म (ई.सं. २०२४, ०१ पहिलो हप्ता) ।
साप्ताहिक अंक: ०१/२०२४
१. शैक्षिक भवनको दोश्रो तला निर्माण सम्बन्धमा |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलको शैक्षिक भवनको दोश्रो तला निर्माणका लागि बुटवल उपमहानगर पालिकाका इन्जीनियरलाई नक्शा बनाउनका तथा इस्टिमेटका लागि अनुरोध गरि नक्शा प्राप्त भएको छ |
२. इकाई परिक्षा संचालन |आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत बिधार्थीहरुको इकाई परिक्षा सपन्न भएको छ |
३. नियमित कक्षा संचालन |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा नियमित रुपमा बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म नियमित रुपमा कक्षा संचालन भइ रहेको छ |
४. तानसेन नर्सिंग स्कुलको भ्रमण |
यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मिति २०८०.०९.१९ गतेका दिन आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपारिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्याल ज्यूको नेतृत्वमा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रिन्सिपल सहितको ५ जनाको टोलीले मिशन अस्पताल, पाल्पाद्वारा संचालित तानसेन नर्सिंग स्कुलको स्वास्थ्य अध्ययन सस्थाको अवलोकन गर्यो | उक्त भ्रमणबाट कुशल शैक्षिक व्यवस्थापन लगाएत धेरै कुराको ज्ञान , अनुभव तथा सिकाई लिने मौका पाइयो |
धन्यबाद!