Published Date: Jan 11, 2023
Expiry Date: Jan 15, 2023
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।२५ गते, सोमवार (इ.सं. २०२३ जनवरी ०९)जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।०९।१७ देखि २०७९।०९।२३ सम्म । ई.सं. २०२३, ०१ औं हप्ता)
१.
|
समाचार प्रकाशन तालिका |
साप्ताहिक रूपमा प्रकाशन गरिदै आएको साप्ताहिक गतिविधिहरूको प्रकाशन पूर्ववत रूपमा इस्वी संवत तालिका अनुरूप प्रकाशन गर्ने व्यवस्था गर्न संवन्धित सबैलाइ जानकारी गराइएको छ । | |
२.
|
नियमित साप्ताहिक बैठक |
प्रत्येक साताको सोमवार विहान ९ वजे केन्द्रीय कार्यालयमा सञ्चालन हुने नियमित साप्ताहिक बैठकमा वि.सं. २०७९।०९।२५ गते निम्न विषयहरूमा छलफल र निर्णय भएको छ । | |
क. सवारी साधन लिलाम विक्रिका लागि समिति गठन । | |
आम्दा नेपाल केन्द्रिय कार्यालयको मातहत रहेका मोटरसाईकलहरु मध्ये केहि थान मोटरसाईकलको मर्मत संभार गर्न खर्च बढी लाग्ने र केहि प्रयोगविहिन रहेकाले कार्य समितिको निर्णयानुसार लिलाम विक्रि गर्न लागिएकोमा परामर्शदाताको सुझाव बमोजिम पाँच सदस्यिय समिति गठन गरिएको छ । समितिले निर्धारण गरेको मुल्य र शर्त बमोजिम मोटरसाईकलको लिलाम विक्रि गरिने छ । समितिका सदस्यहरू १.अन्जना कोईराला २.अच्युत सापकोटा ३.राम बाबु देव ४. पुण्यलाल महत्तो ५.उमेश प्रसाद आचार्य |