Published Date: Aug 26, 2022
Expiry Date: Sep 05, 2022

आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको
 बोलपत्र/दरभाउपत्र आव्हानको सूचना
( प्रथम पटक प्रकाशित मितिः २०७९।०५।१०)
 
आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलका लागी आ.व.२०७९।८० मा प्रयोजन हुने बेड हेड प्यानल, मेडिकल ग्यास आउटलेट ईत्यादी सरसामानहरू खरिद गर्नु पर्ने भएकोले  ईजाजत  प्राप्त ईच्छुक आपूर्तिकर्ता, कंम्पनिहरुबाट यो सूचना (सूचना नं. 0122/AMDA SCWH/207980) प्रकाशित भएको मितिले ११ दिन भित्र आम्दा नेपालको  वेभसाइट http://ebidding.amda.org.np  मार्फत Vender Log in गरी दरभाउ पत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । यस सचूना सम्बन्धि बिस्तृत जानकारीको लागी आम्दा नेपालको वेभसाईट www.amda.org.np वा निम्न  ठेगानामा सम्पर्क राख्नु हुन अनुरोध छ । 
 
शर्तहरुः
  1. ईच्छुक बोलपत्र/दरभाउपत्र खरिदकर्ताले दरभाउपत्र आम्दा नेपालको वेभसाइट http://ebidding.amda.org.np मार्फत Vender Log in गरी दरभाउ पत्र पेश गर्नु पर्नेछ ।
  2. बोलपत्र/दरभाउपत्र खरिदकर्ताले बोलपत्र/दरभाउपत्र औषधीको online form खरिद गर्न बेड हेड प्यानल, मेडिकल ग्यास आउटलेट लागी फारम गर्न रु. ५,००/- (अक्षेरुपि पांच सय मात्र), प्रिन्टिङ्  फिर्ता नहुने गरी सिद्दार्थ बैंक, बुटवल शाखाको AMDA Nepal, SCWH को नाममा रहेको  खाता नं. ०१३१०५३८१६० जम्मा गरेको भौचर लक इनमा अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ ।   
  3. बोलपत्र/दरभाउपत्र प्रकाशित भएको मितिले ११औ दिन भित्र अर्थात् मिति २०७९।०५।२० गते दिनको ४ बजे भित्र पेश गरिसक्नु पर्नेछ । साथै उक्त दिन सार्वजनिक विदा परेमा विदा पछि कार्यालय खुलेको दिन तोकिएको  समय भित्रमा बोलपत्र/दरभाउपत्र पेश गर्न सकिने छ । लग अन गर्ने समयमा कुनै समस्या भएमा कार्यालय समय भित्र सम्पर्क राख्नु सक्नु हुनेछ ।
  4. बोलपत्र/दरभाउपत्र मिति २०७९।०५।२१ गते बिहान ११ बजे आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि उक्त बोलपत्र/दरभाउपत्र खोल्न बाधा पुग्ने छैन । साथै उक्त दिन सार्वजनिक विदा परेमा विदा पछि कार्यालय खुलेको दिन तोकिएको स्थान र समयमा बोलपत्र/दरभाउपत्र खोलिने छ ।
  5. बोलपत्र/दरभाउपत्रको साथमा भ्याट सहित आफूले कबोल गरेको कुल रकमको २.५% ले हुन आउने बरावर रकम कम्तिमा मिति २०७९ साल कार्तिक मसान्त सम्मका लागि मान्यहुने गरी आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको नाममा जारी भएको बिडवण्ड (बैंक ग्यारेन्टी) संलग्न गर्नु पर्नेछ । तोकिए वमोजिमको विडवण्ड समाबेश नगरी बोलपत्र/दरभाउपत्र पेश गरेमा संवन्धित फर्म/कंपनीलाई कालो सुचिमा राख्न सकिनेछ । आपुर्तिकर्ता (बोलपत्र/दरभाउपत्रदाता) छनौट भई सूचना जारी भएको मितिले सात दिन भित्र भ्याट समेत स्वीकृत रकमको जम्मा ५% (पाँच प्रतिशत) का दरले हुन आउने रकम बराबरको एक वर्ष मान्य हुने गरी आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको नाममा जारी भएको परफरमेन्स वण्ड (बैंक ग्यारेन्टी) सहित आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पतालसँग संझौता गरिसक्नु पर्नेछ, अन्यथा विडवण्ड जफत हुनेछ ।
  6. बोलपत्र/दरभाउपत्र फारम भर्दा भ्याट सहितको जम्मा रकम नेपाली मुद्राको दररेट  भर्नुपर्नेछ । भ्याट नलाग्ने कुनै सरसामानमा भ्याट जोडिन पुगेको भए त्रुटि सुधारिने छ । नेपाल सरकारलाई तिर्न बुझाउनु पर्ने भ्याट बाहेक सबै प्रकारका करहरु र स्थानिय स्तरमा तिर्नु पर्ने अन्य सबै प्रकारका कर तथा शूल्कहरु दररेटमा समाबेश भएको मानिनेछ । बोलपत्रदाता/दरभाउपत्र दाताले तोकिएको सामान आपूर्ति दिनु पर्ने स्थान, अवधि आदिको पूर्ण विवरण वुझी जानी दररेट भरेको मानिनेछ । आवश्यक परेमा आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले दरभाउपत्र/बोलपत्रदाताले पेश गरेको सामानहरुको गुणस्तर परिक्षण गर्न सक्नेछ । तोकिए वमोजिमको गुणस्तरीय सामान आपूर्ति गर्न नसकेमा समेत परफरमेन्स वण्ड (बैंक ग्यारेन्टी) जफत हुनेछ ।
  7. बोलपत्र/दरभाउपत्रदाताले बिद्दुतिय माध्यमबाट दरभाउ पत्र पेश गर्नु पर्नेछ ।
  8. बोलपत्र/दरभाउपत्रका साथ अध्यावधिक कम्पनी/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, ब्यबसाय संचालन गर्न छुट्टै स्विकृत लिनु पर्नेमा स्विकृत लिएको, नविकरण खुलेको प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आ.व. को करचुक्ताको प्रमाणपत्र कर दर्ता प्रमाणपत्रको प्रतिलिप संलग्न गर्नुपर्नेछ ।
  9. अन्य शर्त तथा कार्यविवरण बोलपत्र/दरभाउपत्र फारममा उल्लेख भए बमोजिम हुनेछ । बोलपत्र/दरभाउपत्रमा संशोधन आवश्यक देखिएमा पेश गर्ने अन्तिम मिति अगावै आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले संशोधन गर्न सक्नेछ ।
  10. रितपूर्वक प्राप्त नभएको बोलपत्र/दरभाउपत्र उपर कुनै कारवाही हुने छैन ।
  11. आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले दरभाउपत्र/बोलपत्रदाताले पेश गरेको प्रस्ताव मध्ये कुनै एक वा सम्पूर्ण सरसामान/सेवा समेत छनौट गर्न सक्नेछ ।
  12. खरिद संझौता बि.स. २०८० असार मसान्त सम्मको लागि मान्य हुने गरि गरिनेछ । संझौता अवधिभर दरभाउपत्र/बोलपत्रमा उल्लेखित प्रस्तावको दर तथा विवरण परिवर्तन मान्य हुने छैन ।
  13. छनौट भएको बोलपत्र/दरभाउपत्रदाता अर्थात् आपूर्तिकर्ता र आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल बिच संझौता सम्पन्न हुना साथ आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले खरिद आदेश जारी गर्न सक्नेछ । आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले जारी गरेको खरिद आदेश वमोजिम तोकिएको स्थानमा ७ दिन भित्र तोकिए वमोजिमका सम्पूर्ण बस्तु, सेवा तथा सरसामानहरु आपूर्तिकर्ताले पूर्णरुपमा बुझाउन नसकेमा परफरमेन्स आम्दा नेपालले निर्धारण गर्ने जरिवाना बैंक ग्यारेन्टीबाट असुल उपर गरिनेछ ।
  14. आयु तोकिएको बस्तु, सेवा वा सरसामानहरुको हकमा, आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले सो बस्तु, सेवा वा सरसामानहरु प्राप्त गर्दाको दिनमा सो को जम्मा आयु अवधि कम्तिमा असि प्रतिशत वाँकी रहेको हुनुपर्नेछ ।
  15. आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवललाई आपूर्ति गर्ने बस्तु, सेवा वा सरसामानहरु उत्पादकले प्याकिङ्ग गरि बजारमा वितरण गर्दाको अवस्थामा हुनुपर्नेछ । क्षतिग्रस्त सरसामान स्विकार गरिने छैन । आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलले आपूर्तिकर्ताबाट प्राप्त सरसामानहरुको परिक्षण प्रतिवेदन पास नगर्दासम्म सरसामानहरुको क्षति हुन पुगेमा सो को जिम्मेवारी आपूर्तिकर्ताले लिनु पर्नेछ ।
  16. आपूर्तिकर्ताले खरिद आदेशमा तोके वमोजिम आपूर्ति नगरेको खण्डमा उक्त बस्तु, सेवा वा सरसामानहरु स्विकार हुने छैन र उपरोक्त काममा हुने समयको अनावश्यक खर्चको सोधभर्नाको लागि हरेक पटक बीस प्रतिशतका दरले जरिवाना गर्न सक्नेछ । त्यस्तो जरिवाना रकम नगद वा परफरमेन्स वोण्डबाट असुल उपर गर्न सकिनेछ ।
  17. आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलले तोकेको समयभित्र तोकिएका बस्तु, सेवा वा सरसामानहरु आपूर्तिकर्ताले बुझाउन नसकेमा आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले अन्य पक्षसँग उक्त बस्तु, सेवा वा सरसामानहरु खरिद गर्न सक्नेछ । आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालले अन्य आपूर्तिकर्ताबाट खरिद गरेको सरसामानहरुको सम्पूर्ण मूल्यको जरिवाना वा बैंक ग्यारेन्टी (परफरमेन्स वण्ड) जफत गरि आपूर्तिकर्तासँग भएको संझौता भङ्ग गर्न सक्नेछ ।
  18. आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलले जारी गरेको खरिद आदेश वमोजिम सम्पूर्ण बस्तु, सेवा तथा सरसामानहरु तोकिएको स्थानमा बुझाई सके पश्चात् समेत सो को परिक्षण पछि मात्र नेपाली मुद्रामा क्रस चेक मार्फत भुक्तानी गरिनेछ । नेपाल सरकारको प्रचलित नियमानुसार लाग्ने कर अग्रिम कट्टा गरिनेछ ।
  19. संझौता सम्पन्न गर्दा तोकिएका बस्तु, सेवा वा सरसामानहरुको गुणस्तरको सुनिश्चितता, आवश्यक प्राविधिक सहयोग र अन्य सबै प्रकारका सरसहयोग, दरभाउपत्र/बोलपत्र साथ पेश गरे वमोजिम आपूर्तिकर्ताले उपलब्ध गराउनु पर्नेछ ।
  20. दरभाउपत्र/बोलपत्रहरु आंशिक वा पूर्णरुपमा, जानकारी दिई वा नदिई स्विकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार, पूर्ण रुपमा आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पतालमा सुरक्षित रहनेछ ।
 
बोलपत्र/दरभाउपत्र  संवन्धि थप जानकारीको लागि तलको ठेगानामा सम्पर्क गर्न सकिनेछ ।
 
सम्पर्क राख्ने ठेगाना
आम्दा नेपाल                                     
सिद्दार्थ बाल तथा महिला अस्पताल                    
बुटवल, रुपन्देही                                  
टेलिफोनः ०७१-५०२१०१/५०२०९७                      
इमेलः scwh.butwal@amda.org.np                   
                                                     
आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको उपरोक्त सूचना वमोजिम तोकिएका उपरोक्त शर्तहरु पूर्णरुपमा स्विकार गर्दछु गर्दछौं ।
 
संस्थापक वा आधिकारीक पदाधिकारीको नामः .....................................................................
हस्ताक्षरः ......................................................................    
मितिः .............................
फर्म/कंपनीको छापः
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map