Published Date: Dec 30, 2024
Expiry Date: Jan 04, 2025

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 

साप्ताहिक अंक: ५२/२०२४
प्रकाशन मितिः २०८१।०९।१५ गते, सोमबार
अवधिः वि.सं. २०८१।०९।०७ देखि वि.सं. २०८१।०९।१३ गते सम्म (ई.सं. २०२४, ५२ औं हप्ता) ।


१. क्यान्सर सचेतना शिक्षा कार्यक्रम सम्पन्न ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर सचेतना कार्यक्रम अन्तर्गत वि.सं. २०८१।०८।२८ गते देखी २०८१।०९।०७ सम्म क्यान्सर सचेतना शिक्षा प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकामा क्रियाशिल आमा समुहहरू मध्ये वडा नं. ६ को सामुदायिक भवनमा आयोजित कार्यक्रममा सक्षम महिला समुह बाट जम्मा ३० जना , प्रगति मार्ग डोलेगल महिला समुहबाट ३१ जना र वडा नं. १ स्थित लालिगुराँस आमा समुहबाट जम्मा ३५ जना समेत जम्मा २४५ जना सहभागीहरूले सचेतनामूलक शिक्षा प्राप्त गरेका छन् ।

२. औषधि खरिद तथा बिक्री सम्वन्धि नीतिगत व्यवस्था
आम्दा नेपाल मातहतका अस्पतालको फार्मेशीको सेवालाइ थप व्यवस्थित र उपभोक्ता मैत्री बनाउनका लागी औषधि खरिदको हकमा आम्दा नेपालको आर्थिक नियमावली तथा खरिद कार्यविधिमा तोकिएको अख्तियारी र प्रकृयाको पालना सहित निम्न वमोजिम नीतिगत व्यवस्था कायम गरिएको  छ ।
क. खरिद प्रकृया र अख्तियारीः फार्मेशीको लागी खरिद सम्वन्धि प्रकृया र अख्तियारी आम्दा नेपालको आर्थिक नियमावली एवं खरिद कार्यविधि वमोजिम हुनुपर्ने ।
दरभाउपत्रमा समुह विभाजनः औषधि खरिद गर्नका लागी दरभाउ प्रस्ताव फारम तयार गर्दा वर्ग, समुह, उपसमुह विभाजन गर्ने । सामान्यतया एक समुहमा १ करोड सम्मको अनुमानित मूल्य रहने गरी समुह विभाजन गर्ने ।
ग. 
प्राविधिक टोलीले उत्पादक तोक्न सक्नेः अस्पतालले गठन गरेको प्राविधिक टोलीले उपभोक्ताको रूची, प्रभावकारिता र संवन्धित चिकित्सकको राय सुझावको आधारमा उत्पादक सिफारिश गरे वमोजिम उत्पादक तोक्न सकिने ।
फरक मूल्यमा खरिदः एउटै प्रकारको औषधि फरक फरक उत्पादक भएको हकमा फरक मूल्यमा खरिद गर्न सकिने । फरक मूल्यमा औषधि खरिद गर्नुपर्ने अवस्था भएमा सामान्यतया वढीमा निम्न प्रकारका औषधि खरिद गर्ने,
१. अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त विदेशी उत्पादनहरू मध्ये उपभोक्ताको रूची तथा प्रभावकारिताका आधारमा चिकित्सक टोलीले छनौट गर्ने कुनै तीन प्रकारको औषधि ।
२. राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त स्वदेशी उत्पादनहरू मध्ये उपभोक्ताको रूची तथा प्रभावकारिताका आधारमा चिकित्सक टोलीले छनौट गर्ने कुनै तीन उत्कृष्ट उत्पादन ।
३. राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त स्वदेशी उत्पादनहरू मध्ये उपभोक्ताको रूची तथा प्रभावकारिताका आधारमा चिकित्सक टोलीले छनौट गर्ने कुनै तीन किफायती उत्पादन ।

३. सहायक पदको लिखित परिक्षाको परिक्षाफल प्रकाशन ।
आम्दा नेपालले वि.सं. २०८१।०८।१४ गते प्रकाशन गरेको सुचना नं. १०५६६ वमोजिम सिद्धार्थ बाल तथा महिला अस्पतालमा रिक्त सहायक पदमा पदपूर्तिका लागी वि.सं. २०८१।०९।१० गते सम्पन्न लिखित परिक्षामा सहभागी मध्येबाट प्राप्ताङ्का आधारमा अन्तरवार्ताका लागी छनौट भएका निवेदकहरूको नामावली सहित वि.सं. २०८१।०९।११ गते परिक्षाफल (सुचना नं. १०६४५ ) प्रकाशन गरिएको छ ।

४. विद्युतिय माध्यमबाट हाजिरी जनाउने नीतिगत व्यवस्था ।
आम्दा नेपाल मातहतको जुनसुकै कार्यालयमा हाजिरी जनाउने कर्मचारीको संख्या १० वा सो भन्दा वढी छ भने सामान्यतया विद्युतिय उपकरण जडान गरी गरी विद्युतिय माध्यममा हाजिरी जनाउने व्यवस्था गर्ने नीतिगत व्यवस्था कायम भएको छ ।

५. कार्यक्रम अधिकृत पदका लागी छोटो सुची प्रकाशन ।
आम्दा नेपालले वि.सं. २०८१।०८।२८ गते प्रकाशन गरेको सुचना नं. १०६०७ वमोजिम आम्दा नेपालको केन्द्रीय कार्यालयमा रिक्त कार्यक्रम अधिकृत पदमा पदपूर्तिका प्राप्त आवेदन मध्येबाट जम्मा ९ जनालाइ छोटोसुचीमा समावेश गरी नामावली सहित वि.सं. २०८१।०९।१२ गते परिक्षाफल (सुचना नं. १०६४९ ) प्रकाशन गरिएको छ ।

६. आन्तरिक लेखा परिक्षण ।
आम्दा नेपालका आन्तरिक लेखा परिक्षक श्री उमेश प्रसाद आचार्यले वि.सं. २०८१।०८।२४ गते देखी २०८१।०९।०४ गते सम्म संस्था मातहतका कार्यालयहरूको स्थलगत भ्रमण सम्पन्न गरी वि.सं. २०८१।०९।१० गते संक्षिप्त विवरण जानकारी गर्नुभएको छ ।

७. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०९।१५ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
समझदारी तथा संझौता:
-     संझौता कार्यान्वयन कार्यविधि अध्यावधिक गर्ने ।
-     समझदारीपत्र/संझौतामा हस्ताक्षर गर्ने अख्तियारीको विवरण जानकारी गराउने ।
-     अघिल्लो अवधिमा सम्पन्न समझदारीपत्र/संझौताको विवरण अध्यावधिक गर्ने
-     हस्ताक्षर भएका समझदारीपत्र/संझौताको कार्यान्वयन गर्न आवश्यक चेकलिष्ट तयार गरी जिम्मेवारी तोक्ने ।
-     समझदारीपत्र/संझौताको म्याद तथा कार्यान्वयन स्थिति रूजु गर्ने ।
-     समझदारीपत्र/संझौताको पत्रहरूको नमुना संकलन गर्ने र तीन महले सहित तहाँ समावेश गर्नु पर्ने शर्तनामाहरू अध्यावधिक गर्ने ।
-     बस्तु वा सेवा खरिदका लागी प्रकाशन गरिने सुचनाको नमुना अध्ययन गरी अध्यावधिक गर्ने
-     अघिल्लो अवधिमा प्रकाशित सुचनाहरू संकलन गर्ने, अध्ययन गर्ने र अध्यावधिक गर्ने
-     समझदारीपत्र/संझौताको सुरक्षा गर्ने जिम्मेवार कर्मचारी तोक्ने
-     समझदारीपत्र/संझौताको कार्यान्वयन अवस्था रूजु गरी सो को मूल्याङ्कन गर्ने कर्मचारी तोक्ने ।
कार्यक्रम
२०८११००१

 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map