Published Date: Nov 18, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान Expiry Date: Nov 24, 2024
दमक, झापा
प्रकाशन मितिः २०८१।०८।०३ गते, सोमवार
(अवधि वि.सं. २०८१।०७।२६ देखि २०८१।०८।०२ सम्म । इ.सं. २०२४, ४६ औं हप्ता)
१. नियमित कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०८१/०८२ मा अध्ययनरत नियमित प्रविणता प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी र फिजियोथेरापी कार्यक्रमहरू नियमित रूपमा कक्षाहरू संचालन भएको छ।
२. निरिक्षण भ्रमण
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल र कार्यकारी समितिका सदस्य डा. यज्ञ राज पाठक ज्यू ले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको निर्माणाधिन शैक्षिक भवनको निरिक्षण भ्रमण मिति २०८१ कार्तिक २८ गते वुधवार सम्पन्न भएको छ।