Published Date: Nov 04, 2024
Expiry Date: Nov 09, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०७।१९ गते, सोमबार
अवधिः वि.सं. २०८१।०७।११ देखि वि.सं. २०८१।०७।१७ गते सम्म (ई.सं. २०२४, ४४ औं हप्ता) ।
साप्ताहिक अंक: ४४/२०२४
१. आम्दा नेपालको ६५ औं साधारण सभाको तयारी ।
वि.सं. २०८१।०७।२४ गते आव्ह्रान भएको आम्दा नेपालको ६५औं साधारण सभाको सफल व्यवस्थापनका लागी कार्यकारिणी समितिले निर्देश गरे वमोजिमको तयारीका लागी कामको वाँडफाँड गरिएको छ ।
२. CT खरिदका लागी संझौता सम्पन्न ।
आम्दा अस्पताल दमकका लागी १२८ स्लाइस क्षमताको एक थान CT Scan मशिन खरिद गर्न संझौता सम्पन्न भएको छ ।
३. विज्ञापन प्रकाशन ।
आम्दा नेपाल मातहतका शैक्षिक प्रतिष्ठानमा रिक्त विभिन्न पदहरूमा पदपूर्तिका लागिवि.सं. २०८१।०७।०५ गते विज्ञापन प्रकाशन गरिएको छ । ।
४. नियमित बैठक ।
वि. सं. २०८१।०७।१९ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | नियमित निरिक्षण र मरतसंभारः आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूको प्रयोग तथा जिम्मामा रहेका सरसामानहरूको नियमित निरिक्षण र मरमतसंभार गर्ने । |
प्रशासन २०८१०८१० |
२ | कार्यक्रम स्विकृतिः आम्दा नेपालले विदेशी संस्थाको आर्थिक सहयोग लिएर सञ्चालन गरेका परियोजनाहरूको कार्यक्रम स्विकृति लिन आवश्यक व्यवस्था गर्ने । |
कार्यक्रम २०८१०८१५ |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | साधारण सभाः आम्दा नेपालको साधारण सभामा प्रस्तुतीका लागी आवश्यक विवरणहरू उच्च प्राथमिकताका साथ संकलन गरी तयार गर्ने । |
आइटि २०८१०७२० |
धन्यबाद !