Published Date: Oct 07, 2024
Expiry Date: Oct 12, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०६।२१ गते, सोमबार
अवधिः वि.सं. २०८१।०६।३१३ देखि वि.सं. २०८१।०६।१९ गते सम्म (ई.सं. २०२४, ४० औं हप्ता) ।
साप्ताहिक अंक: ४०/२०२४
१. कार्यकारिणी समितिको १४ औं बैठक सम्पन्न ।
आम्दा नेपाल कार्यकारिणी समितिको १४ औं बैठक डा. सुनु दुलालको अध्यक्षतामा वि.सं. २०८१।०६।१८ गते सम्पन्न भएको छ । कार्यकारिणी समितिको बैठक समापन सँगै वडादशैं २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न भएको छ ।
२. परियोजना संझौता सम्पन्न ।
आम्दा नेपाल र USAID विच हाललाइ कोशी प्रदेशका चार जिल्लाहरूमा (इलाम, झापा, मोरङ् र सुन्सरी) सन् २०२४ अक्टोवर १ देखि ३० अक्टोबर २०२६ सम्म USAID Sustainable HIV Epidemic Control परियोजना सञ्चालनका लागी वि.सं २०८१।०६।१४ गते संझौता सम्पन्न भएको छ ।
३. कर्मचारी छनौट तथा नियुक्त ।
इ.सं. २०२४ अक्टोवर १ देखी सञ्चालन हुने USAID Sustainable HIV Epidemic Control परियोजना सञ्चालनका लागी प्रकाशित सुचना नं. 10289, 10394, 10395 वमोजिम कर्मचारीको नियुक्ति सम्पन्न भएको छ ।
४. साधारण सभाको तयारी
साधारण सभाको तयारी पुरा गर्न केन्द्रीय कार्यालयका कर्मचारी माझ जिम्मेवारी वाँडफाँड गरिएको छ र मातहतका कार्यालयहरूलाय वार्षिक प्रगति प्रतिवेदन तयार गरी पेश गर्न पत्राचार गरिएको छ ।
५. सामाजिक परिक्षण
केन्द्रीय कार्यालयको हकमा हाललाइ सामाजिक परिक्षण गरिरहनु नपर्ने निष्कर्श सहित दातृ संस्थाको सहयोगमा सञ्चालित कार्यक्रमको कार्यालयस्तरमा सामाजिक परिक्षण सम्पन्न गरी जानकारी गराउन परिपत्र गरिएको छ ।
६. समझदारी तथा संझौताः
आम्दा नेपालले अन्य पक्ष संग गरेका समझदारी तथा संझौताहरूको सुची अध्यावधिक गर्ने र संझौताहरूमा तोकिएका शर्त पालनका गर्न गराउन सम्वन्धित कार्यालयहरूलाइ परिपत्र गरिएको छ ।
७. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०६।२१ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | अनुगमन मूल्याङ्कनः परियोजनास्तरको समाज कल्याण परिषद् बाट सम्पन्न भएका अनुगमन मूल्याङ्कन प्रतिवेदन मार्फत प्राप्त सुझावहरूको कार्यान्वयन व्यवस्था गर्ने / गराउने । आम्दा नेपाल मातहतका कार्यालयस्तरमा सञ्चालित कार्यक्रमहरूको नियमित मूल्याङ्कनका लागी व्यवस्थापन कार्यशालामा आवश्यक छलफल गर्ने । |
कार्यक्रम २०८१०६२९ |
२ | विमाः आम्दा नेपाल मातहतका जुनसुकै कार्यालयले खरिद गरेको सम्पूर्ण विमालेखहरूको विवरण संकलन गरी अध्यावधिक गर्ने |
प्रशासन २०८१०६२२ |
४ | परियोजना प्रस्तावनाः दातृ निकायको सहयोगमा आम्दा नेपाल सञ्चालन गरेका परियोजनाहरूको स्विकृतिका लागी समाज कल्याण परिषद् मा निवेदन सहित तोकिएको ढाँचामा प्रस्तावना पेश गर्ने |
कार्यक्रम २०८१०६३० |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | बडा दशैं लक्षित कार्ययोजनाःवडादशैं लक्षित कार्ययोजना र कर्मचारीहरूको डिउटी प्रवन्ध गरी हेरचाहकर्ता कर्मचारीहरूलाइ जानकारी गराउने | |
धन्यबाद !