Published Date: Jul 15, 2024
Expiry Date: Jul 20, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०३।३१ गते, सोमबार
अवधिः वि.सं. २०८१।०३।२३ देखि वि.सं. २०८१।०३।२९ गते सम्म (ई.सं. २०२४, २८ औं हप्ता) ।
साप्ताहिक अंक: २८/२०२४
१. आम्दा नेपालको पूर्व योग्यता परिक्षणका लागी तयारी सम्पन्न ।
USAID ले तोके वमोजिम आम्दा नेपाल संस्थाले प्रतक्ष्य अनुदान सहयोग प्राप्त गर्नका लागी पुरा गर्नु पर्ने पूर्व योग्यता परिक्षणका लागी आवश्यक तयारी र प्रमाण संकलन कार्य पुरा भएको छ ।
२. कर्मचारी छनौट ।
आम्दा नेपालले वि.सं. २०८१।०३।०४ गते प्रकाशन गरेको सुचना वमोजिम रिक्त पदहरूमा पदपूर्तिका लागी कर्मचारी छनौटसम्वन्धि काम पुरा भइ वि.सं. २०८१।०३।२५ गते सुचना नं. १००८८ प्रकाशन गरिएको छ ।
३. मेडिकल उपकरण खरिदका लागी संझौता सम्पन्न ।
सिबाम अस्पतालका लागी जम्मा रू. ३५,१८,००१।०० मूल्य बराबरको केही मेडिकल उपकरणहरू खरिद गर्नका लागी श्री बायोमेडिकल इक्युपमेन्ट सर्भिस संग संझौता नं. १००८९ र जम्मा रू ८,९८,३५०।००मूल्य बराबरको केही मेडिकल उपकरणहरू खरिद गर्नका लागी श्री फाइन सर्जिकल नेपाल सँग संझौता नं. १००९० सम्पन्न भएको छ ।
४. वित्तिय प्रतिवेदन पेश ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको र्इपिक परियोजनाको इसं २०२४ जून महिनाको वित्तिय प्रतिवेदन जूलाइ १० तारेखमा FHI360 मा पेश गरिएको छ ।
५. आम्दा इन्टरनेशनलको ४० औं वार्षिकोत्सव समारोहमा सहभागिताको मनोनयन ।
इन्डोनेशियनको वालीमा सन् २०२४ अगष्ट १७ देखी १९ सम्म आयोजना हुने आम्दा इन्टरनेशनलको ४० औं वार्षिकोत्सव समारोहमा सहभागिताको लागी आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल र उपाध्यक्ष डा. संगिता बराल बस्नेतलाइ मनोनयन गरिएको छ ।
६. निर्देशिका तथा कार्यविधि संशोधन ।
आम्दा नेपालका केही निर्देशिका र कार्यविधिहरू संशोधन भएकोमा सोको जानकारी सहित सम्वन्धित कार्यालयहरूलाइ अभिमुखीकरण सहित च.नं. १०११० वि.सं. २०८१।०३।२८ गतेको पत्र सहित जानकारी गराइएको छ ।
७. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०३।३१ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | नागरिक वडापत्रः आम्दा नेपालले प्रदान गर्ने सेवाहरूको संक्षिप्त विवरण सहितको नागरिक वडापत्र अध्यावधिक गर्ने । |
कार्यक्रम २०८१०४१५ |