Published Date: Apr 14, 2025
Expiry Date: Apr 13, 2025
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
प्रकाशन मितिः २०८१।१२।२५ गते, सोमवार
(अवधि वि.सं. २०८१।१२।१८ देखि २०८०।१२।२४ सम्म । इ.सं. २०२४, १४ औं हप्ता)
- नीति, योजना, कार्यक्रम र बजेट
आर्थिक वर्ष २०८२/०८३ को नीति, योजना, कार्यक्रम र बजेट तयार गरी आम्दा नेपाल जोरपाट, काठमाडौंमा पेश गरिएको छ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षका विद्यार्थीहरुलाई Eye Posting का लागि बिर्ताज्योति आखाँ अस्पताल, दमकमा मिति: २०८१ फागुन १८ गते देखि पठाइएको छ |
- Comprehensive Community Field Practicum
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षका विद्यार्थीहरुलाई Comprehensive Community Field Practicum Posting का लागि प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीमा मिति: २०८१ फागुन १८ गते देखि पठाइएको छ |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत सामान्य चिकित्सा दोश्रो वर्षका विद्यार्थीहरुलाई पहिलो समूह लखनपुर स्वास्थ्य चौकी र दोश्रो समूह गौरादह नगर अस्पताल Community Field Posting को लागी मिति: २०८१ फागुन ११ गते देखि पठाइएको छ |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८१/२०८२ मा नर्सिंग, सामान्य चिकित्सा, फिजियोथेपी र मेडिकल ल्याब टेक्नोलोजी पहिलो वर्षको निरन्तर पठनपाठन रुपमा सञ्चालन भइरहेको छ |