Published Date: Mar 25, 2024
Expiry Date: Mar 31, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८०।१२।१२ गते, सोमवार
(अवधि वि.सं. २०८०।१२।०५ देखि २०८०।१२।११ सम्म । इ.सं. २०२४, १२ औं हप्ता)
१. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् द्वारा नियमित अनुगमन तथा निरिक्षण २०८०
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा सञ्चालित कार्यक्रमहरूको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् द्वारा नियमित अनुगमन तथा निरिक्षण सम्पन्न भएको छl
२. सञ्चालित कार्यक्रमहरूको नविकरण २०८१/०८२
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सूचनानुसार सञ्चालित कार्यक्रमहरूको शैक्षिक सत्र २०८१/०८२ को लागि CTEVT को Website: www.ctevt.org.np मा राखिएको नविकरण फाराम भरी http:\tinyurl.com/ctevt8182 मा दाखिला सम्पन्न भएको छ।
३. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
४. क्लिनिकल पोष्टिङ्ग
नर्सिङ्ग कार्यक्रम दोश्रो र तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको पाठ्यक्रममा आधारित क्लिनिकल पोष्टिङ्ग निरन्तर सञ्चालन भइरहेको छ।