Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-03-31
Expiry Date: 2025-04-07

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।१२।१८ गते l
(अवधि वि.सं. २०८१।१२।११ देखि २०८१।१२।१७ सम्म ई.सं. २०२५, १३ औं हप्ता)

१.  कोशी प्रदेशका माननीय मुख्यमन्त्रीज्यु संग आम्दा अस्पतालमा मेडिकल उपकरण सहयोगको लागि भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
यस आम्दा अस्पतालको प्रमुख सहितको टोलीले कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कार्यालय परिसर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ l मिति २०८१-१२-१५ गते सम्पन्न भएको कार्यक्रममा आम्दा अस्पतालबाट आम्दा नेपालका सहसचिब डा. नबिन ढकाल, मेडिकल सुपरिनटेन्डेन्ट डा. शिखर कटेल, प्रशासन प्रमुख सुमन कुमार नेपाल, लेखा प्रमुख भिम धमला, स्टोर प्रमुख उमेश घिमिरेले मुख्यमन्त्री संग आम्दा अस्पतालमा मेडिकल उपकरण सहयोगको बिषयमा छलफल तथा CT Scan सहयोगको लागि प्रस्ताव पेश गरिएको छ । मुख्य मन्त्री कार्कीले अस्पतालको लागि सहयोग गर्ने बिषयमा सकारात्मक रहेको तथा सहयोग गर्ने जानकारी ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा आम्दा नेपालका सहसचिब डा. नबिन ढकालले अस्पतालका समस्याहरुको बिषयमा अवगत गराउनु हुँदै आगामी योजनाहरुका बिषयहरुमा अवगत गराउनु भयो l उक्त कार्यक्रमको बिषयमा प्रशासन प्रमुख सुमन कुमार नेपालले जानकारी गराउनु भयो ।

धन्यवाद,

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.