Published Date: 2025-03-03
Expiry Date: 2025-03-08
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।११।२६ गते, सोमबार
अवधिः वि.सं २०८१।११।१८ देखि वि.सं.२०८१।११।२४ गते सम्म (ई.सं २०२५, १० औं हप्ता)
साप्ताहिक अंक: १०/२०२५
१. नतिजाको सुचना प्रकाशन ।
आम्दा नेपालको केन्द्रिय कार्यालयमा रिक्त वित्त नियन्त्रक (Finance Controller) पदको पदपुर्तिका लागि वि.सं २०८१।११।०२ गते प्रकाशन गरिएको बिज्ञापन बमोजिम छोटो सुचिमा पर्नु भएका उम्मेद्वारहरुको लिखित एवं मौखिक परिक्षा पश्चात् वि.सं २०८१।११।२२ गते नतिजा (सुचना नं. १०८५४) प्रकाशन प्रकाशन गरिएको छ ।
२. USHEC Project Closeout Meeting
USAID बाट प्राप्त Notice of Award Termination विषय पत्र अनुरूप USAID Sustainable HIV Epidemic Control परियोजना अन्तका लागी उक्त परियोजना अन्तरगत कार्यरत कर्मचारीहरुलाई इ.सं मार्च ५, २०२५ का दिन भर्चुयल माध्यम बाट परियोजनाको अन्त व्यवस्थापन विषयमा अन्तरकृयात्मक बैठक सम्पन्न भएको छ । यस बैठकमा आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालले परियोजनाको सफल कार्यान्वयनमा योगदान गर्ने सम्पूर्ण कर्मचारीको विदाइ सन्देश सहित हार्दिक धन्यवाद दिनुभएको थियो । आम्दा नेपालका कार्यक्रम निर्देशकले परियोजना अन्तको प्रकृया र विधिका बारेमा कर्मचारीहरूलाइ अभिमुखीकरण समेत गराउनु भएको थियो ।
३. नतिजाको सुचना प्रकाशन ।
आम्दा अस्पताल, दमकमा रिक्त रहेको प्याथोलोजिस्ट पदपूर्तिका लागि वि.सं. २०८१।११।०६ गते प्रकाशित सुचना अनुसार छोटो सुचिमा पर्नु भएका उम्मेद्वारहरुको वि.सं. २०८१।११।१६ गते सम्पन्न मौखिक परिक्षाको मुल्याङ्कनका आधारमा वि.सं. २०८१।११।२३ गते नतिजा (सुचना नं. १०८५६) प्रकाशन गरिएको छ ।
४. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८१।११।२६ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. |
कामको विवरण |
जिम्मेवारी र समयतालिका |
१ |
श्रम परिक्षण
- अघिल्लो अवधिमा सम्पन्न श्रम परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन अवस्था रूजु गर्ने
- श्रम परिक्षक नियुक्ति र काम थालनीको व्यवस्था मिलाउने
- श्रम परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन स्थितिको मुल्याङ्कन तथा अनुगमनका लागी चेकलिष्ट तयार गर्ने
- असल श्रम अभ्यासका लागी आवश्यक नीति अध्ययन गरी सिफारिश तयार गर्ने
- श्रम परिक्षण सम्पन्न श्रम परिक्षण प्रतिवेदन संवन्धित निकायमा पेश गर्ने
|
प्रशासन |
२ |
भौतिक परिक्षण तथा खुदगन्ति
- भौतिक परिक्षण तथा खुदगन्ति कार्यविधि अध्यावधिक गर्ने
- काम नलाग्ने सरसामानहरूको व्यवस्थापन गर्ने
- अघिल्लो वर्ष र यस वर्षको सरसामानहरूको सुची रूजु गर्ने
- नयाँ खरिद भएका सरसामानहरूको लगत कायम गर्ने
|
भण्डार |
३ |
पर्व दिवस र उत्सव
- आम्दा नेपालले मनाउने दिवसहरूको सुचि अध्यावधिक गराउने
|
प्रशासन |
धन्यवाद ।