Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-02-24
Expiry Date: 2025-03-01

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।११।१२ गते, सोमबार
अवधिः वि.सं. २०८१।११।०४ देखि वि.सं. २०८१।११।१० गते सम्म (ई.सं. २०२५, ८औं हप्ता) ।
साप्ताहिक अंक: ८/२०२५


१. नागरिक वडा पत्र अध्यावधिक ।
आम्दा नेपालले प्रदान गर्ने सेवाहरूको वारेमा सुचनामूलक नागरिक वडापत्र अध्यावधिक गरिएको छ । आम्दा नेपालको अध्यावधिक नागरिक वडापत्रलाइ वेभसाइडमा समेत हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

२. पदपुर्तिको सुचना प्रकाशन ।
आम्दा अस्पताल, दमकमा रिक्त प्याथोलोजिस्ट पदमा पदपूर्तिका लागी वि.सं. २०८१।११।०६ गते विज्ञापन (सुचना नं. ०१०१७८१) प्रकाशन गरिएको छ ।इच्छुक योग्य व्यक्तिले अनलाइन लिंक https://amda.org.np/vacancies.html  मार्फत निवेदन पेश गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

३. परियोजना व्यवस्थापन समितिको ५ औं बैठक सम्पन्न ।
आम्दा नेपालका सचिव डा. अनिल कुमार दासको अध्यक्षतामा बि, यूएसएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजनाको व्यवस्थापन समितिको पाँचौ बैंठक .सं. २०८१/११/०९ गते सम्पन्न भएको छ ।

४. अन्तरकृयात्मक बैठक सम्पन्न ।
आम्दा नेपालका सचिव डा. अनिल कुमार दाससँग केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीहरूसँग अन्तरकृयात्मक बैठक बि.सं. २०८१/११/०९ गते केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ ।  

५. नियमित साप्ताहिक बैठक ।
वि.स. २०८१।११।१२ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
आय संकलन, बैंकिङ्ग कारोवार
  • इकार्इगत रूपमा नियमानुसार हुनु पर्ने आय संकलन भए नभएको परिक्षण गर्ने
  • संकलित आय निमानुसार बैंक दाखिला भए नभएको रूजु गर्ने
  • कार्यालयको प्रयोजनका लागी खोलिएका बैंक खाताको अवस्था रूजु गरि अध्यावधिक गर्ने
  • बैंकले दिएको सुविधा र समग्र बैंकिङ्ग कारोवारको पुनर्मूल्याङ्कन गर्ने
  • कर्मचारीको नाममा कार्यालयको तर्फबाट जम्मा गरिने सञ्चयकोष, सामाजिक सुरक्षा लगायतका खातामा जम्मा भएको विवरण रूजू गर्ने
लेखा
 

ख. बैठकको निर्णयहरुः
 क्र.स.  निर्णय  जिम्मेवार
विपत्ति व्यवस्थापन कार्यविधि
आम्दा नेपालले प्राकृतिक विपत्तिको वेलामा सञ्चालन गर्ने राहत कार्यक्रमलाइ थप व्यवस्थित तवरले सञ्चालन गर्न का लागी विपत्ति व्यवस्थापन कार्यविधि अध्यावधिक गर्न निम्न कर्मचारी सम्मिलित एक कार्यदल गठन गर्ने ।
  • डा.किरण बाँस्तोला
  • उमेश प्रसाद आचार्य
  • पुण्य लाल महतो
  • समी भण्डारी
 प्रशासन
 २ दान संकलन व्यवस्था
आम्दा नेपालले सञ्चालन गर्ने मानविय सहायता कार्यक्रममा दान गर्न चाहने दाताहरूले सजहढंगले दान गर्न सक्ने गरी आम्दा नेपालको वेभसाइडमा एक “Donate us” शिर्षक थप गर्ने
IT, Finance
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.