Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-01-20
Expiry Date: 2025-01-27

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।१०।०७ गते l
(अवधि वि.सं. २०८१।०९।२९ देखि २०८१।१०।०६ सम्म ई.सं. २०२५, ३-तेस्रो हप्ता)

१. आम्दा अस्पताल दमकमा नयाँ Medical Superintendent को पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ l
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८१।१०।०४ गते आम्दा अस्पतालका चिकित्सक तथा Deputy मेसु डा. शिखर कटेल अस्पताल को प्रमुख मेडिकल सुपरिनटेन्डेन्ट  पदमा नियुक्त हुनुभएको छ । एक कार्यक्रमका बीच अस्पतालको तालिम हलमा सम्पन्न भएको कार्यक्रममा दमक नगरपालिकाका मेयर तथा आम्दा अस्पताल, अस्पताल ब्यबस्थापन समिति अधक्क्ष श्री रामकुमार थापाले पद तथा सपथ ग्रहण गराउनु भयो l डा. शिखर कटेल सन् 1st Sep 2014 मा आम्दा अस्पतालमा सेवा सुरु गर्नुभएको थियो । यस नयाँ भूमिकामा डा. कटेललाई तत्कालिन मेडिकल सुपरिनटेन्डेन्ट डा. प्रकाश शर्माले मेसु हुदाका बखतमा आफ्ना अनुभवहरु र सुधार गर्नुपर्ने पाटाहरुको अवगत गराउनु भयो l पदभार ग्रहण कार्यक्रममा डा. कट्टेलले सबै चिकित्सकहरु, स्टाफ नर्स, अन्य स्वास्थ्य कर्मी तथा अन्य कर्मचारीहरु मिलेर काम गर्नुपर्ने र Unified Descision Making हुनुपर्ने विश्वास दिलाउनु भयो l डा. कट्टेलले बिरामी-केन्द्रित सेवा प्रदान गर्ने अवधारणा रहेको मनसाय ब्यक्त गर्दै अस्पतालका कर्मचारीहरुलाई सोहि अनुसार कार्य गर्न समेत मार्गदर्शन गर्नुभयो l आम्दा अस्पतालको नियम अनुसार Medical Superintendent को पधवाधि २ बर्षको हुनेछ l अस्पतालको तालिम हलमा सम्पन्न भएको कार्यक्रम अस्पताल प्रशासक, सुमन कुमार नेपालले गर्नु भएको थियो उक्त कार्यक्रममा डा. नबिन ढकाल, भिम धमला(प्रशासकA/F) लगायत अन्य अस्पतालमा कार्यरत डाक्टर, नर्सहरु तथा कर्मचारीहरुले कार्यक्रममा उपस्थिती जनाउनु भयो l

धन्यवाद,

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.