Published Date: 2025-03-03
Expiry Date: 2025-03-09
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
प्रकाशन मितिः २०८१।११।१९ गते, सोमवार
(अवधि वि.सं. २०८१।११।१२ देखि २०८०।११।१८ सम्म । इ.सं. २०२४, ९औं हप्ता)
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८१/२०८२ मा नर्सिंग पहिलो, दोश्रो, र तेश्रो, सामान्य चिकित्सा पहिलो, दोश्रो र तेश्रो, मेडिकल ल्याब टेक्नोलोजी पहिलो, दोश्रो, र तेश्रो, फिजियोथेरापी पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुको निरन्तर रुपमा पठनपाठन सञ्चालन भइरहेको छ |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षका विद्यार्थीहरुलाई Eye Posting का लागि बिर्ताज्योति आखाँ अस्पताल, दमकमा मिति: २०८१ फागुन १८ गते देखि पठाइएको छ |
- Comprehensive Community Field Practicum
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षका विद्यार्थीहरुलाई Comprehensive Community Field Practicum Posting का लागि प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीमा मिति: २०८१ फागुन १८ गते देखि पठाइएको छ |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत सामान्य चिकित्सा दोश्रो वर्षका विद्यार्थीहरुलाई पहिलो समूह लखनपुर स्वास्थ्य चौकी र दोश्रो समूह गौरादह नगर अस्पताल Community Field Posting को लागी मिति: २०८१ फागुन ११ गते देखि पठाइएको छ |
- प्राथमिक स्वास्थ्य केन्द्र नेतृत्व र व्यवस्थापन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह नर्सिंग तेश्रो वर्षका विद्यार्थीहरुलाई पाठ्यक्रम अनुसार एक महिने प्राथमिक स्वास्थ्य केन्द्र नेतृत्व र व्यवस्थापनका लागि मिति २०८१ फागुन १७ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ्ग मा पठाइएको छ |