Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-12-24
Expiry Date: 2023-12-30

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०९।१६ गते, सोमवार
अवधिः वि.सं. २०८०।०९।०८ देखि २०८०।०९।१४ गते सम्म (ई.सं. २०२३, ५२औं हप्ता) ।
साप्ताहिक अंक: ५२/२०२३
 
१. 
सम्झौता सम्पन्न ।
झापा र मोरङ्मा रहेका भुटानी शरणार्थीहरुको स्वास्थ्य र क्षमता अभिवृद्दिमा सहयोग कार्यक्रम सञ्चालन गर्न आम्दा नेपाल र UNHCR  बिच सन् २०२४ का लागि एक परियोजना संझौता सम्पन्न भएको छ ।

२. प्राचार्यको जिम्मेवारी ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलमा तह सात वरिष्ठ अधिकृत (नर्सिङ् प्रशिक्षक) पदमा कार्यरत श्री सरीता रावललाई अर्को व्यबस्था नहुन्जेल सम्मका लागि मिति २०८०।०९।१० गते देखी लागु हुने गरी आम्दा नेपाल कार्यकारिणी समितिको मिति २-८०।०९।०५ गते सम्पन्न बैठकको निर्णयानुसार प्रतिष्ठानकोप्राचार्यको जिम्मेवारी तोकिएको छ ।

३. प्रस्ताव पेश ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको समयावधि समाप्त भएकामा गोकर्णेश्वर नगरपालिका भित्र क्यान्सर परिक्षण शिविर माग बढ्दै आएकाले महिलाहरुमा देखिने स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर लगायत जनचेतनामुलक कार्यक्रमलाई परिमार्जन सहित नियमित गर्न नगरपालिका कार्यालयमा प्रस्ताव पेश गरिएको छ ।
 
४. नियमित साप्ताहिक बैठक
  बि.स. २०८०।०९।१६ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा
 
डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी
  • पुतुवार, रामबाबु देव
 
 
श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००९१५

सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने ।
अच्युत सापकोटा

२०८००७१५

आम्दा नेपालका फारमहरुको ढाँचालाई अन्तिम रुप दिई आम्दा नेपालको वेवसाईटमा राख्ने र समान प्रकृतिको काम सम्पुर्ण कार्यालयहरुले सोहि ढाँचा अनिवार्य रुपमा प्रयोग गर्न पत्राचार गर्ने । सुदेश रेग्मी

 

अस्पतालहरुको अघिल्लो पटक नविकरण हुदाँको समयमा तोकिएका शर्तहरुको प्रगति विवरण माग गर्ने । उमेश आचार्य

२०८००९१३

योजना, कार्यक्रम अनुरुपको वार्षिक क्यालेन्डर तयार गर्ने । उमेश आचार्य

 

 
 ख. 
वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
अनुगमान निरक्षणः आम्दा नेपाल अन्तर्गत सञ्चालित कार्यक्रमहरुको नियमित व्यबस्थापनको अनुगमन गर्ने । सुदेश रेग्मी

 

विमा अध्यावधिकः आम्दा नेपालमा कार्यरत कर्मचारी तथा संस्थाको सम्पत्तिको आवश्यकता अनुसार विमा अध्यावधिक गर्ने । पुण्यलाल महत्तो

 

नागरिक वडा पत्रः सञ्चालित कार्यक्रमहरुले प्रकाशन गरेका नागरिक वडा पत्रहरुलाई आम्दा नेपालको वेवसाईटमा प्रकाशन गर्ने व्यबस्था मिलाउने । उमेश आचार्य

 

संझौता र समझदारीहरु अध्यावधिकः आम्दा नेपालले विभिन्न दातृ संस्था, स्थानिय वा आपुर्तिकर्ताहरु सँग गरेका समझदारी तथा संझौताहरु अध्यावधिक गर्ने । अच्युत सापकोटा

 

 
ग. 
बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
मुद्दा दायरः आम्दा मेची अस्पतालको फार्मेशी सञ्चालकले भाडा नतिरेले विभिन्न प्रक्रिया पश्चात पक्राउ गर्न प्रहरीमा निवेदन दिएकोमा हाल सम्म पक्राउ गर्न नसकेको अस्पतालबाट प्राप्त जानकारी बमोजिम मुद्दामा जान लिखित पत्र लिने । उमेश आचार्य

 

ढाँचा लागु गर्नेः आम्दा नेपालका नीतिनियम, कार्यविधिमा रहेका विभिन्न ढाँचाहरु अध्यावधिक भए बमोजिम प्रयोगमा ल्याउने र सोहि बमोजिमको जिम्मेवारी सम्बन्धित युनिटलाई हुने व्यबस्था कायम गर्ने । उमेश आचार्य

 

असुल उपर गर्नेः आम्दा नेपालले अवकाश दिएको पुर्व कर्मचारी श्री तारा थापाको नाममा रहेको दायित्व ३० दिन भित्र फरफारक गर्न प्रत्राचार गर्ने र समयमा फरफारक हुन नसकेमा कानुनी उपचारमा जान कार्य समितिमा शिफारिस गर्ने । अच्युत सापकोटा

 


 
 
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.