Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-12-27
Expiry Date: 2023-01-01

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।१८ गते, सोमवार (इ.सं. २०२३ जनवरी २)
(अवधि वि.सं. २०७९।०९।१० देखि २०७९।०९।१६ सम्म । ई.सं. २०२२, ५२ औं हप्ता)
 

१.
 
स्तन तथा पाठेघर मुखको क्यान्सर परियोजना, काठमाडौको दोस्रो वर्षको कार्यक्रम सम्पन्न ।
आम्दा नेपालले आम्दा माईण्स् को सहयोग तथा गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा नगरपालिका भित्रका ३० देखि ६० उमेर समुहका महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर सञ्चालनको दोस्रो वर्ष सफलता पुर्वक सम्पन्न भएको छ । यस शिविरबाट १४५३ महिलाले स्तन र १३५० महिलाले पाठेघर मुखको क्यान्सर परिक्षण गराउनुका साथै USG, Mammogram, colposcopy सेवा प्राप्त गर्नु भएको छ । एक वर्षको परिक्षण शिविरमा 52 जना VIA positive, 116 Benign र 2 Suspicious केस देखिएकोमा आवश्यकता बमोजिम उपचारका लागि विषेशज्ञद्वारा परामर्श प्रदान गरिएको छ ।
२. खरिद समितिको बैठक सम्पन्न ।
आम्दा नेपाल खरिद समितिका संयोजक डा. संगीता बराल बस्नेतको अध्यक्षतामा मिति २०७९।०९।०८ गते खरिद समितिको बैठक समसामयिक विषयमा छलफल गरि सम्पन्न भएको छ । 
३. शिलबन्दी बोलपत्र ।
आम्दा नेपालले मिति २०७९ मंसिर २२ गते आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको भवनको दोस्रो तलाको निर्माण कार्य शिलवन्दि बोलपत्र पेश गर्न सूचना प्रकाशन गरेकोमा  रित पुर्वक प्राप्त हुन आएका ४ थान शिलबन्दिहरु आम्दा नेपाल र बोलपत्रदाताहरुका प्रतिनिधिहरुको रोहवरमा मिति २०७९ पुष १३ गते आम्दा नेपाल केन्द्रिय कार्यालयमा खोलि प्राविधिक मुल्याङ्कनको चरण रहेको छ ।
४. खरिद सम्झौता सम्पन्न ।
आम्दा नेपालले आम्दा मेची अस्पतालको प्रयोजनका लागी आल्ट्रासाउन्ड मेशिन (USG Machine) खरिद गर्न प्रस्ताव माग गरे बमोजिम आपुर्तिका लागि छनौट भएको आपुर्तिकर्ता मेडट्रोनिक्स नेपाल प्रा.लि. काठमाडौं र आम्दा नेपाल विच मिति २०७९ मंसिर १३ गते संझौता सम्पन्न भएको छ ।
५. ईपिक परियोजनाको अनुगमन
आम्दा नेपाल र FHI Nepal बिचको संझौता बमोजिम सञ्चालित ईपिक परियोजना, ईटहरीले लक्ष्य अनुरूप प्राप्त गरेका उपलव्धिहरुको अर्धवार्षिक समिक्षाका लागि दातृसंस्था FHI Nepal बाट सन् २०२३ जनवरी २ र ३ मा अनुगमन हुने भएको छ ।
६. सरोकारवाला व्यक्तिको सुरक्षा र सहायता परियोजना, दमक प्रथम वर्षको कार्यक्रम सम्पन्न ।
आम्दा नेपाल र UNHCR  विचको संझौता बमोजिम सञ्चालित सरोकारवाला व्यक्तिको सुरक्षा र सहायता परियोजना, दमकको एक वर्षको कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ साथै सन् २०२३ का लागि आम्दा नेपाल र UNHCR  विच संझौता सम्पन्न भएको छ ।
७. नियमित साप्ताहिक बैठक
प्रत्येक साताको सोमवार विहान ९ वजे केन्द्रीय कार्यालयमा सञ्चालन हुने नियमित साप्ताहिक बैठकमा वि.सं. २०७९।०९।१८ गते समसामयिक विषयहरूमा छलफल गरि सम्पन्न भएको छ ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.