जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।०९।०३ देखि २०७९।०९।०९ सम्म । ई.सं. २०२२, ५१ औं हप्ता)
१.
|
आसय पत्र पेश |
आम्दा नेपालले सञ्चालन गरेको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत लुम्विनी प्रदेश रूपन्देही जिल्ला बुटवल उपमहानगर पालिका वडा नं. ७ मा रहेको सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलमा प्रमाण पत्र तहको नर्सिङ्ग, डिप्लोमा इन फार्मेशी, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजि र रेडियोग्राफी विषयको शैक्षिक कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगमा मिति २०७९।०९।०६ गते आसय पत्र पेश गरिएको छ । | |
२.
|
नियमित साप्ताहिक बैठक |
प्रत्येक साताको सोमवार विहान ९ वजे केन्द्रीय कार्यालयमा सञ्चालन हुने नियमित साप्ताहिक बैठकमा वि.सं. २०७९।०९।११ गते निम्न विषयहरूमा छलफल र निर्णय भएको छ । | |
क. |
पदपुर्ति सम्वन्धि सुचना र अनलाईन प्रणालिबाट निवेदन संकलन । |
आम्दा नेपाल मातहत अस्पताल/परियोजनाहरुले पदपुर्तिका लागि विज्ञापन गर्दा उक्त सुचनालार्इ आम्दा नेपालको वेवसाईटमा समेत अनिवार्य प्रकाशन गर्ने व्यवस्था मिलाउने र र्इच्छुक योग्य उमेद्वारको निवेदन आम्दा नेपालको वेभसाइड मार्फत अनलाइन प्रणालिको प्रयोगबाट मात्र लिने व्यवस्था गर्न आवश्यक व्यवस्था गर्ने निर्णय गरियो । | |
ख.
|
डिजिटल पेमेन्ट प्रणाली |
आम्दा नेपालको सेवा लिने सेवाग्राहीको सुविधाको लागी डिजिटल प्रणालीबाट सेवाशुल्क भुक्तानीको सरल व्यवस्था गर्नका लागी आवश्यक पूर्व तयारीको सर्भेक्षण गर्न श्री राम बाबु देवलाई (आइ टि) जिम्मेवारी तोकिएको छ । | |
ग.
|
ईमेल फुटरमा एकरुपता ल्याउने । |
आम्दा नेपालको ईमेल @amda.org.np प्रयोग कर्ताहरुले ईमेलको फुटरमा व्यक्तिले टाइप गर्नु नपर्ने गरि निश्चित ठेगाना/सूचना मुलक सन्देश राख्ने गरि आवश्यक नमुना तयार गर्न श्री राम बाबु देवलाई (आइ टि) जिम्मेवारी तोकिएको छ । | |
घ. |
संस्थागत क्षमता अभिवृद्दी । |
आम्दा नेपालको साझेदार संस्था FHI360 ले सञ्चालन गरेको संस्थागत क्षमता परिक्षण गोष्ठीको निष्कर्श अनुरूप क्षमता अभिवृद्दीको अभियानलाइ निरन्तरता दिनका लागी श्रोत व्यक्तिहरू तोक्नु पर्ने भएकोमा आम्दा नेपालको तर्फबाट सुदेश रेग्मीको सम्पर्क व्यक्ति तोक्ने र निम्न शिर्षकमा हाललार्इ निम्नानुसार श्रोत व्यक्ति तोक्ने निर्णय गरिएको छ ।
१. सुशासन तथा कानुनी संरचना – श्री उमेश प्रसाद आचार्य
२. वित्तिय व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली – श्री अन्जना कोइराला ३. प्रशासन तथा खरिद प्रणाली – श्री उमेश प्रसाद आचार्य ४. मानव श्रोत प्रणाली – श्री अच्युत सापकोटा ५. कार्यक्रम व्यवस्थापन – श्री अच्युत सापकोटा ६. परियोजना कार्यसम्पादन व्यवस्थापन – श्री रोहित उराव ७. संस्थागत व्यवस्थापन तथा दीगोपना – श्री अन्जना कोइराला संस्थागत क्षमता परिक्षण तथा सुदृढीकरणको यो सिलसिला वि.सं. २०७९।११।०१ भित्र सम्पन्न गर्न निम्नानुसार काम गर्ने व्यवस्था तय गरिएको छ ।
|