Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-12-18
Expiry Date: 2023-12-25

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।०९।०२ गते
(अवधि वि.सं. २०८०।०८।२५  देखि २०८०।०९।०१ सम्म । ई.सं. २०२३, ५० औं हप्ता)

१. आम्दा अस्पतालमा 4th Batch, ४२ दिने OTTM तालिम सन्चालन सुरु भएको छ ।
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८०।०८।१८ देखी २०८०।०९।२९ राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NHTC को support मा "OTTM-Operation theatre technique and Management" को 4th Batch तालिम/कार्यक्रम यस आम्दा अस्पतालको तालिम हल,  दमकमा सुरु भएको छ l उक्त तालिमको उद्घाटनमा  Koshi Provincial Health Training Center(PHTC) को Director श्री रोहित कुमार पाण्डेले गर्नु भएको थियो, साथै उक्त कार्यक्रममा आम्दा अस्पतालबाट डा. प्रकाश शर्मा, डा. नबिन ढकाल, डा. शिखर कट्टेल, पुनम गौरो(मेट्रोन) र टिका सुबेदी(तालिम अधिकृत) ले उक्त तालिम उद्घाटन कार्यक्रममा उपस्थिती जनाउनु भयो l उक्त तालिम मा बर्दिया अस्पताल गुलिरिया, रोल्पा अस्पताल रोल्पा, दांग अस्पताल लमही, प्युठान अस्पताल बिजुवापुर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, रुकुम पूर्व अस्पताल रुकुम र आम्दा अस्पताल  बाट एक एक जना गरी जम्मा ७ जनाले तालिममा सहभागीता जनाउनु भयको छ l  ४२ दिनसम्म संचालन हुने उक्त तालिमले Operation Theatre सम्बन्धि जानकारी प्रदान गर्ने OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.