Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-12-19
Expiry Date: 2022-12-25

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०७९।०९।०४ गते
(अवधि वि.सं. २०७९।०८।२० देखि २०७९।०९।०१ सम्म । ई.सं. २०२२, ५० औं हप्ता)

 

1
श्री दमक नगरपालिका, दमक झापा बाट Cancer Screening Machine निःशुल्क प्राप्त भएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महासाखा, काठमाडौँ ले दमक नगरपालिका, दमक झापा मार्फत निःशुल्क Cancer Screening Machine: thermocoagulator  आम्दा अस्पताल, दमकलाई हस्तान्तरण सम्पन्न गरेको छ । आम्दा अस्पतालमा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रम लाई प्रकाश पार्दै नगरपालिका र अस्पतालबिचको सम्बन्ध अझ सुद्रिड हुने अस्पताल प्रमुख डा. प्रकाश शर्माले जानकारी दिनु भयो l उक्त Machine मार्फत Cancer Screening हुने हुदा विभिन्न प्रकारका बिरामीहरुले सेवा पाउने बिसयमा नगरपालिकाको तर्फ बाट उप प्रमुख रेगिना प्रसाईले जानकारी दिनुभयो ।

2
America Nepal Medical Foundation (ANMF) बाट निःशुल्क Oxygen Plant प्राप्त भएको छ ।
आम्दा अस्पताल दमकमा America Nepal Medical Foundation (ANMF) संस्था बाट निःशुल्क एक सेट Oxygen Plant प्राप्त भएको छ । उक्त सेवा विस्तार पश्चात आम्दा अस्पताल Oxygen को लागी आत्मनिर्भर हुने निश्चित छ l  

संग्रहनिय तस्विरहरू
श्री दमक नगरपालिका, दमक झापाबाट प्राप्त Cancer Screening Machine । Oxygen Plant by America Nepal Medical Foundation

धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.