जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०८।१० गते, सोमबार
अवधिः वि.सं. २०८१।०८।०२ देखि वि.सं. २०८१।०८।०८ गते सम्म (ई.सं. २०२४, ४७ औं हप्ता) ।
साप्ताहिक अंक: ४७/२०२४
१. परिक्षाफल प्रकाशन ।
२. अस्पताल सञ्चालन सम्वन्धमा अनौपचारिक संझौता प्रस्ताव ।
३. क्यान्सर परिक्षण शिविर ।
४. रणनीतिक योजना गोष्ठी ।
५. परियोजना शुरूवाती बैठक ।
६. निशुल्क दन्त परिक्षण शिविर ।
७. नियमित साप्ताहिक बैठक ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | आन्तरिक व्यवस्थापनः
आन्तरिक व्यवस्थापन समिति गठन व्यवस्था छ/छैन रूजु गर्ने, आन्तरिक व्यवस्थापन समितिका सदस्यहरूको विवरण अध्यावधिक गर्ने र इमेल डोमेनमा समेत अध्यावधिक गराउने, आन्तरिक व्यवस्थापन निर्देशिकाको तीन महले अध्ययन गर्ने, आन्तरिक व्यवस्थापन समिति अन्तरगतका उप समितिहरूको गठन तथा विवरण अध्यावधि गराउने, आन्तरिक व्यवस्थापन समिति बैठकका निर्णयहरूको कार्यान्वयन अवस्था रूजु गर्ने, आन्तरिक व्यवस्थापन समिति मार्फत सामाजिक परिक्षणको व्यवस्था मिलाउने
|
कार्यक्रम २०८१०८३० |
२ | समन्वय बैठकः
समन्वय बैठक सञ्चालन कार्यविधि अध्यावधिक गर्ने, सामाजिक परिक्षणको प्रतिवेदन संकलन गराउने, जिल्लास्तरमा सञ्चालन गर्नुपर्ने बैठकको सुची र सहभागी गराउने प्रतिनिधिहरूको विवरण अध्यावधिक गराउने
|
कार्यक्रम २०८१०८३० |
३ | आपूर्तिकर्ता व्यवस्थापनः
आपूर्तिकर्ता छनाैट कार्यविधि अध्यावधिक गर्ने, आपूर्तिकर्ता सुची अध्यावधिक गर्ने, सुचिकृत आपूर्तिकर्ताको प्रयोग र संवन्ध रूजु गर्ने, सुचिकृत आपूर्तिकर्ताको सुची इमेल लिष्टमा अध्यावधिक गर्ने, सुचिकृत आपूर्तिकर्ता र अन्य संस्थाबाट भए गरेको कारोवारको विवरण संकलन गरी अध्यावधिक गर्ने, कारोवारमा भए गरेको कर कट्टी र दाखिला विवरण संकलन गरी अध्यावधिक गर्ने ।
|
कार्यक्रम २०८१०८३० |
४ | जनशक्ति व्यवस्थापनः
जनशक्ति व्यवस्थापन कार्यविधि अध्यावधिक गर्ने, कर्मचारी विवरण अध्यावधिक गराउने, कर्मचारी संकेत क्रमसंख्या अध्यावधिक गराउने, एक वर्ष भित्र उमेर हदको कारण सेवानिवृत हुने कर्मचारीको विवरण अध्यावधिक गर्ने, कर्मचारीका गुनासा र सुझावको उपयुक्त विधिबाट संवोधन भए नभएको स्थिति रूजु गरी अध्यावधिक गर्ने, कर्मचारीबाट तालिम आवश्यकताको सुझाव संकलन गरी तालिम योजना तयार गर्ने, काम, कर्तव्य र अधिकारको विवरण अध्यावधिक गराउने, व्यक्तिगत विवरण फायलहरू अध्यावधिक गराउने, कबुलियतनामाहरूको विवरण अध्यावधिक गराउने, पदोन्नति र सरूवाको विवरण अध्यावधिक गराउने, कर्मचारी गतिविधिको सारांश प्रकाशनको व्यवस्था गराउने, तलब सिट संकलन गरी सुरक्षित भण्डारणको व्यवस्था मिलाउने
|
कार्यक्रम २०८१०८३० |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | श्रद्धाञ्जली अर्पणः
आम्दा नेपालको कार्यकारिणी समितिका सहसचिव डा. नविन ढकालकी ममतामयी आमाको वि.सं. २०८१।०८।०८ गते दुखद निधन भएकोमा मृतकको दिव्य अमरआत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकशन्तब्ध परिवारजनमा समवेदना प्रकट गर्ने ।
|
|
२ | तोकिएको समयसिमा भित्र मात्र काम गर्नेः
आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूलाइ तोकिएको समयसिमा भित्र मात्र काम गर्ने गराउने र ढिला गरी काम गरेको भएमा अनुमोदनका लागी टिप्पणी सहित कार्यालय प्रमुख समक्ष प्रस्तुत गर्ने । जुनसुकै काम तोकिएको समयसिमा भित्र नभएको र अनुमोदन पनि नभएको पाइएमा बेरुजु हुन सक्ने जानकारी गराउने
|
|
३ | सफ्टवेयर प्रयोगको भुमिका जवाफदेहीताः
आम्दा नेपालले प्रयोगमा ल्याउन लागेको आकाश सफ्टवेयरमा प्रत्येक कार्यालयबाट प्रयोगकर्ताहरूको नामावली र भुमिका खुलाइ विवरण माग गर्ने ।
|
|
४ | भण्डार दाखिला व्यवस्थापनः
आम्दा नेपालको नयाँ सफ्टवेयरको प्रयोग सँगै सरसामानहरूको युनिक कोड निर्धारण गरी भण्डार दाखिलको व्यवस्था गर्ने ।
|
८. गतहप्ताका संग्रहनिय तस्विरहरू
![]() |
![]() |
![]() ![]() |
निशुल्क दन्त परिक्षण शिविर_फक्ताङ्लुङ् गाउँपालिका, ताप्लेजुङ् _२०८१०७२६-२९ | क्यान्सर परिक्षण शिविर_२०८१०८१५ |