Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-11-19
Expiry Date: 2023-11-25

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०८।११ गते, सोमवार
अवधिः वि.सं. २०८०।०८।०३ देखि २०८०।०८।०९ गते सम्म (ई.सं. २०२३, ४७ औं हप्ता) ।
साप्ताहिक अंक: ४७/२०२३


१. परियोजना समन्वय बैठक सम्पन्न
वि.सं. २०८०।०८।०५ गते आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनको समन्वय बैठक सम्पन्न भएको छ । आम्दा माइन्डस् का कन्ट्री डाइरेक्टर श्री माइको कोवायासी, आम्दा नेपालका मुख्य प्रशासक श्री सुदेश रेग्मी एवं परियोजना अधिकृत श्री श्रृजना श्रेष्ट सहभागी उक्त बैठकमा परियोजनाको अन्तिम समिक्षा बैठक सन् २०२४ को जनवरी महिनामा आयोजना गर्ने सहमति भएको छ ।

२. कार्यकारिणी समितिको २५ औं बैठक सम्पन्न
वि.सं. २०८०।०८।०८ गते कार्यकारिणी समितिको २५ औं बैठक निम्न विषयमा छलफल तथा निर्णय सहित सम्पन्न भएको छ ।

क. ६३ औं साधारण सभाको कार्यक्रम
ख. 
६३ औं साधारण सभामा प्रस्तुत गर्ने प्रस्तावहरू
१. आ.व. २०७९/०८० को प्रगति प्रतिवेदन ।
२. आ.व. २०७९/०८० को अन्तिम लेखा परिक्षण प्रतिवेदन ।
३. कर्मचारी नियमावली संशोधन ।
४. आम्दा नेपालका केही नीति, नियमावली, कार्यविधि, निर्देशिका एवं मापदण्डहरू संशोधन ।
५. आम्दा नेपाल संस्था र संस्था अन्तरगत सञ्चालित अस्पताल, शैक्षिक प्रतिष्ठान, एवं कार्यक्रमहरू नविकरण ।
६. निर्वाचन समिति २०८० ले प्रस्तुत गर्ने निर्वाचन परिणाम ।
ग. कर्मचारी नियुक्ती
घ.  धन्यवाद ज्ञापन​

३. आम्दा नेपालको ६३ औं साधारण सभा सम्पन्न
वि.सं. २०८०।०८।०९ गते आम्दा नेपालको ६३ औं साधारण सभा सम्पन्न भएको छ । यस साधारण सभाले डा. सुनु दुलालको अध्यक्षतामा निम्नानुसार कार्यकारिणी समितिका पदाधिकारीहरूलाइ निर्वाचित गरेको छ । https://amda.org.np/press-release.html
१. डा. सुनु दुलाल - अध्यक्ष
२. डा. संगिता बराल बस्नेत - उपाध्यक्ष
३. डा. अनिल कुमार दास - सचिव
४. डा. माधव प्रसाद खनाल - कोषाध्यक्ष
५. डा. नविन ढकाल - सह सचिव
६. डा. सरोज प्रसाद वझा - सदस्य
७. डा. ऋषिकेश नाराण श्रेष्ठ - सदस्य
८. डा. यज्ञराज पाठक - सदस्य
९. डा. रमेश प्रसाद आचार्य - सदस्य

धन्यबाद!

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.