जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।०८।०४ देखि २०७९।०८।१० सम्म । ई.सं. २०२२, ४७ औं हप्ता)
१. आ.व. २०७९/०८० को प्रथम त्रैमासिकको अग्रिम कर कट्टी विवरण ।
आन्तरिक राजश्व कार्यालय, जोरपाटीको मिति २०७९।०७।२३ च.नं. १६७५ को प्राप्त पत्रानुसार आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासिकको अग्रिम कर कट्टी दाखिला विवरण माग भइ आएकोमा उक्त विवरण वि.सं. २०७९।०८।०६ च.नं. ८७७९ को पत्र सहित पेश गरिएको छ ।
२. आ.व. २०७७/०७८ को कर परिक्षण ।
आन्तरिक राजश्व कार्यालय, जोरपाटीको वि.सं. २०७९।०७।२० च.नं. १७४२ को प्राप्त पत्रानुसार आर्थिक वर्ष २०७७/०७८ को आम्दा नेपालको कर परिक्षणका लागी माग भइ आएको विवरण एवं कागजात वि.सं. २०७९।०८।०८, च.नं. ८७३३ पत्र सहित पेश गरिएको छ ।
३. स्वास्थ्य केन्द्र प्रमुखसँग समन्वय बैठक
गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाले वि.सं. २०७९।०८।१९ गते महिला स्वास्थ्य स्वयंसेविका दिवसको कार्यक्रम तय गर्न, शहरी स्वास्थ्य केन्द्र, वडा नं. ७, सर्वेश्वरमा गोकर्णेश्वर नगरपालिका भित्रका स्वास्थ्य केन्द्रका प्रमुख समेत जम्मा २५ सहभागी विच वि.सं. २०७९।०८।०८ गते समन्वय बैठक सम्पन्न भएको छ ।
४. अस्पताल प्रशासक पदको परिक्षा सम्पन्न
आम्दा नेपाल मातहत सञ्चालित सिद्दार्थ बाल तथा महिला अस्पतालमा रिक्त हुने अस्पताल प्रशासक पदमा पदपूर्तिका लागी वि.सं. २०७९।०७।२२ गते प्रकाशित सुचना वमोजिम प्राप्त निवेदन मध्ये योग्य निवेदकहरूको वि.सं २०७९।०८।१० गते लिखित परिक्षा र लिखित परिक्षा उपस्थित मध्ये अन्तरवार्ताका लागी छनौट भएका निवेदकहरूको वि.सं २०७९।०८।११ गते अन्तरवार्ता सम्पन्न भएको छ ।
५. कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका लागी विभिन्न पदमा निवेदन आव्ह्रान सहित वि.सं. २०७९।०८।०९ गते विज्ञापन प्रकाशन गरिएको छ ।
६. स्तन तथा पाठेघर मुखको क्यान्सर शिविर सञ्चालन
गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा आम्दा नेपालले सञ्चालन हुदै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थित जोरपाटी स्वास्थ्य केन्द्र वि.सं २०७९।०८।१० गते सञ्चालित परिक्षण शिविरमा जम्मा ४४ जना महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण सम्पन्न भएको छ । यसै परियोजना मातहत वि.सं २०७९।०८।१७ गते आम्दा नेपालमा स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर सञ्चालन हुने व्यहोरा समेत सम्वन्धित सबैलार्इ जानकारी गराइएको छ ।
७. नियमित साप्ताहिक बैठक
प्रत्येक साताको सोमवार विहान ९ वजे केन्द्रीय कार्यालयमा सञ्चालन हुने नियमित साप्ताहिक बैठकमा वि.सं. २०७९।०८।१२ गते निम्न विषयहरूमा छलफल र निर्णय भएको छ ।
क. सामाजिक सुरक्षा तथा उपचार व्यवस्था ।
सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूले आम्दा नेपाल मातहतका अस्पतालमा उपचार गराउन आउँदा निजहरूको उपचार विवरण आम्दा नेपाल मातहतका अस्पतालहरूमा जडित सफ्टवेयर मार्फत सिधै सामाजिक सुरक्षा कोषको प्रणालीमा प्रेषित हुन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन श्री रामबाबु देव (आर्इटि शाखा) लार्इ तोकिएको छ । आम्दा नेपालका कर्मचारीले आफु कार्यरत अस्पतालमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको रूपमा उपचार गराउँदा अपनाउनु पर्ने विधि निर्धारण गरी परिपालनका लागी सम्वन्धित कार्यालयहरूलार्इ पत्र मार्फत जानकारी गराउन श्री अच्युत सापकोटा (जनशक्ति शाखा) लार्इ तोकिएको छ ।
ख. कर्मचारी पदपूर्ति सम्वन्धि प्रकृया सुधार गर्ने ।
आम्दा नेपालले प्रकाशन गर्ने कर्मचारी पदपूर्ति सम्वन्धि विज्ञापनमा अधिकतम इच्छुक व्यक्तिले सहजहरूपमा निवेदन दिन सक्ने अनलाइन प्रणाली प्रयोग हुदै आएकोमा यस प्रकृयालार्इ थप व्यवस्थित गर्न निम्न प्रकृया थप गर्न श्री रामबाबु देव (आर्इटि शाखा) लार्इ तोकिएको छ ।
- प्रश्नपत्रहरूको संग्रह
- प्रश्नपत्र तयारी
- परिक्षा सञ्चालन
- परिक्षाफल प्रकाशन र परिक्षाफलको सुचना
आम्दा नेपाल र अन्य संस्था विच सम्पन्न संझौताको अधिनमा सञ्चालन हुने परियोजनाको हकमा परियोजनामा व्यवस्था अनुरूप दैनिक भ्रमण भत्ता लगायतको सुविधा प्रदान हुने व्यवस्था स्पष्ट गरी कार्यान्वयन गर्न/गराउन संवन्धित कार्यालय/परियोजनाहरूलार्इ जानकारी गराउन श्री अन्जना कोइराला (लेखा शाखा) लार्इ तोकिएको छ ।
ङ. शिविर सञ्चालन तथा निरिक्षण
आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविरमा कर्मचारी परिचालन गर्दा केन्द्रीय कार्यालयमा कार्यरत सक्षम कर्मचारीहरूलार्इ आलोपालो परिचालन गर्न आवश्यक व्यवस्था गर्ने, स्वयंसेवक परिचालन गर्नु परेको वखत स्वयंसेवक परिचालन कार्यविधि अनुरूपको फारम भरी प्रमाणित प्रति जनशक्ति शाखामा बुझाउने र शिविरको निरिक्षण गर्न गोकर्णेश्वर नगरपालिका, दातृ संस्थाका प्रतिनिधि, आम्दा नेपालका सदस्य लगायत केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलार्इ आलोपालो आमन्त्रण गरी प्राप्त सुझावहरू कार्यान्वयन गर्दै शिविरलार्इ थप प्रभावकारी र व्यवस्थित गर्दै लग्न श्री श्रृजना श्रेष्ठ (कार्यक्रम अधिकृत) लार्इ तोकिएको छ ।
धन्यबाद !