Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-21
Expiry Date: 2022-11-27

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०८।०५ गते
(अवधि वि.सं. २०७९।०७।२८ देखि २०७९।०८।०४ सम्म । इ.सं. २०२२, ४६ औं हप्ता)
१.

प्रयोगात्मक कक्षा सञ्चालन

प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम दोश्रो वर्षको मानसिक रोग र नाक, कान घाँटी विषयको प्रयोगात्मक कक्षा नोवेल असपताल विराटनगरमा मिति २०७९ कार्तिक २८ गते सम्पन्न भयो।
प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रमको प्रयोगात्मक कक्षाहरू स्वास्थ्य चौकीमा मिति २०७९ कार्तिक २८ गते देखि सुरू भयो।
२. रक्तदान कार्यक्रम
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा मिति २०७९ कार्तिक ३० गते बुधवार आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भयो। यस प्रतिष्ठानमा अध्ययनरत ६० जना विद्यार्थी र कर्मचारीहरूले रक्तदान गरिएका थिए।
३. कोभिड-१९ भ्याक्सिन कार्यक्रम
मिति २०७९ मंसिर १ विहीवारका दिन कोभिड -१९ भ्याक्सिन ६ महिना पुगेका कर्मचारी तथा विद्यार्थीहरूलाइ वुष्टरडोज लगाइयो।
४. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् वाट निरीक्षण
मिति २०७९ मंसिर २ गते शुक्रवार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् को स्तरनिर्धारण विभागको निर्देशक श्री टैलेन्द्र आचार्यज्यू वाट निरीक्षण भ्रमण सम्पन्न भयो। साथै प्रतिष्ठानका विभिन्न गतिविधिहरू वारे जानकारी लिनुभयो।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.