Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-11-14
Expiry Date: 2022-11-20

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०७।२९ गते
(अवधि वि.सं. २०७९।०७।२२ देखि २०७९।०७।२८ सम्म । ई.सं. २०२२, ४५ औं हप्ता)
 
कर्मचारी नियुक्तिका लागी बिज्ञापन प्रकाशन ।
सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको लागि अस्पताल प्रशासक (तह ८) पदमा पदपूर्तिका लागी वि.सं. २०७९।०७।२२ गते विज्ञापन प्रकाशन गरिएको छ । तोकिएको योग्यता पुग्ने र्इच्छुक उमेद्वारले आम्दा नेपालको वेभसार्इड Apply Now (amda.org.np) मार्फत वि.सं. २०७९।०८।०६ गते भित्र निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
उपकरण खरिदका लागी दरभाउ आव्ह्रान
आम्दा मेची अस्पताल, धुलावारीको प्रयोजनका लागि एक थान USG System/Machine खरिद गर्न वि.सं २०७९।०७।२३ गते प्रकाशित सूचना (008746/AMDA/101/207980) मार्फत दरभाउ सहित प्रस्तावना आव्ह्रान गरिएको छ । यस सुचनाको पूर्ण विवरण आम्दा नेपालको वेभसाइड Notice for Quotation #008746 (amda.org.np) मा हर्ने र दरभाउपत्र डाउनलोड गर्न सकिने व्यवस्था मिलार्इएको छ ।
पदोन्नती/तहवृद्दीको सूचना प्रकाशन
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/परियोजनाहरुमा कार्यरत कर्मचारीहरुले पदोन्नती/तहवृद्दीका लागि आफु कार्यरत कार्यालय मार्फत निवेदन दिन सक्ने र संवन्धित कार्यालयले वि.सं. २०७९।०८।०९ गते भित्र बढुवा समितिमा सिफारिश सहित पेश गरिसक्नु पर्ने गरी  वि.सं.  २०७९।०७।२५ गते सूचना प्रकाशन भएको छ ।
त्रैमासिक समिक्षा बैठक सम्पन्न
गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको त्रैमासिक समिक्षा बैठक गोकर्णेश्वर नगरपलिकाका प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख लगायत नगरपालिका भित्रका सम्पुर्ण स्वास्थ्य केन्द्रका प्रमुख, परियोजनाका दाता आम्दा माईण्सका कन्ट्रि डाईरक्टर, कार्यक्रम संयोजक, आम्दा नेपालका परियोजना परामर्शदाता र कर्मचारी समेत जम्मा २४ जनाको उपस्थितिमा वि.सं २०७९।०७।२३ गते आम्दा नेपाल केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । 
स्तन तथा पाठेघर मुखको क्यान्सर शिविर सञ्चालन
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. २ नयाँपाटि स्थित स्वास्थ्यकेन्द्रमा वि.सं २०७९।०७।२६ गते सञ्चालित परिक्षण शिविरमा जम्मा ५९ जना महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण भएको छ ।
ईपिक परियोजनाका लागी कर्मचारी नियुक्ति
आम्दा नेपाल र FHI360 विच सम्पन्न संझौता अनुरूप HIV/AID रोकथामका लागी सञ्चालन हुदै आम्दा इपिक परियोजनाको परियोजना अवधि सन् २०२३ सेप्टेम्बर सम्म कायम रहने भएकोमा  थप भएको परियोजना अवधिका लागी आवश्यक जम्मा ४० जना कर्मचारीहरुलार्इ कार्य सम्पादन मूल्याङ्कनका  आधारमा पुन/नियुक्ति गरिएको छ
राजिनामा स्विकृत
वि.सं. गते २०७८/११/११ पदमा नियुक्त भई हाल आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अधिकृत(Public Health Instructor) पदमा  कार्यरत श्री सृष्टी सुवेदीले दिनु भएको राजिनामा वि.सं २०७९/०७/२० गते बाट लागु हुने गरी स्विकृत गरिएको छ । श्री सृष्टी सुवेदीलाई आफु कार्यरत कार्यालयले तोके वमोजिम आफ्नो जिम्मामा रहेको सरसामान, नगद एवं जिम्मेवारी समेत १५ दिन भित्र वरबुझारथ गर्न गराउन समेत अनुरोध गरिएको छ ।
सामाजिक सुरक्षा तथा उपचार खर्चको शोधभर्ना ।
आम्दा नेपाल मातहतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरूले सामाजिक सुरक्षा कोषबाट योगदानकर्ताको हैसियतमा प्राप्त गर्नसक्ने औषधि उपचार खर्चको शोधभर्ना नियमानुसार भए नभएको एकिन गर्ने र शोधभर्ना हुनुपर्ने उपचार खर्च वापतको रकम नभएको पार्इएमा सम्वन्धित कर्मचारीलार्इ यथासिघ्र शोधभर्ना प्रदान गर्न आवश्यक व्यवस्था मिलाउन बरिष्ठ अधिकृत श्री अच्युत सापकोटाको संयोकत्वमा एक समिति गठन गरिएको छ ।
कर परिक्षण तथा त्रैमासिक TDS प्रतिवेदन
आन्तरिक राजश्व कार्यालय, जोरपाटीबाट आम्दा नेपालको आ.व. २०७७।०७८ को कर परिक्षण र आ. व. २०७९।०८० को त्रैमासिक प्रतिवेदन, पत्र प्राप्त गरेको मितिले १५ दिन भित्र पेश गर्न निर्देश भर्इ आएको छ । कर कार्यालयबाट प्राप्त निर्देशन वमोजिम सम्पूर्ण विवरण एवं कागजात पेश गर्न संवन्धित सबैलार्इ अनुरोध गरिएको छ ।

संग्रहनिय तस्विरहरू
स्तन तथा पाठेघर मुखको क्यान्सर शिविर परियोजना_त्रैमासिक समिक्षा बैठक, केन्दीय कार्यालय_२०७९०७२३

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.