Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-11-06
Expiry Date: 2023-11-12

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०७।२० गते, सोमवार
अवधिः वि.सं. २०८०।०७।१२ देखि २०८०।०७।१८ गते सम्म (ई.सं. २०२३, ४४ औं हप्ता) ।
साप्ताहिक अंक: ४४/२०२३

१. जाजरकोट जिल्लामा आकस्मिक स्वास्थ्य सेवा सञ्चालन तयारी ।
जाजरकोट जिल्लामा केन्द्र विन्दु बनाइ गएको भुकम्प प्रभावितहरूलार्इ आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न सर्भेक्षण तथ समन्वयको काम सम्पन्न गरिएको छ ।

२. सि.बा.म. अस्पतालको २५ औं वार्षिकोत्सव ।
सम्माननिय प्रधानमन्त्री श्री पुष्प कमल दाहालको प्रमुख आतित्थ्यता सि.बा.म. अस्पतालको २५ औं वार्षिकोत्सव वि.सं. २०८०।०७।१६ गते सम्पन्न भएको छ । उपरोक्त कार्यक्रममा सहभागी आम्दा इन्टरनेशनलका अध्यक्ष डा. शिगेरू सुगानामी लगायत राष्ट्रीय एवं अन्तरराष्ट्रीय स्तरबाट सहभागी सम्पूर्ण अतिथीगणलाइ आम्दा नेपालको तर्फबाट विशेष आभार प्रकट गरिएको छ । वि.सं. २०८०।०७।१६ गते सम्पन्न वार्षिकोत्सव समारोहमा उपस्थित भइ नयाँ निर्माण गरिने २०० शैया भवनको शिलान्यास, शैक्षिक कार्यक्रमको शुभारम्भ एवं लाइव्रेरी भवनको समेत शिलान्यास गरिदिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीलाइ विशेष धन्यवाद प्रकट गरिएको छ ।
 
३. संग्रहनीय श्रव्यदृश्यहरू
25th Anniversary of Sidddharrtha Children and Women Hospital (SCWH)_20800716  
25 Anniversary_SCWH_Opening Academic Program_20800716
25Anniversary_SCWH_Foundation Stone of 200 Bed Hospital Building_20800716

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.