जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०६।२८ देखि २०८०।०७।०४ गते सम्म (ई.सं. २०२३, ४२ औं हप्ता) ।
साप्ताहिक अंक: ४२/२०२३
१. कार्यकारिणी समितिको बैठक सम्पन्न ।
आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा कार्यकारिणी समितिको बैठक मिति २०८०।०७।०३ गते विभिन्न विषयमा छलफल गरि सम्पन्न भएको छ ।
- आम्दा नेपाल कार्यकारिणी समितिको चुनाव ।
- ६३ औं साधारण सभा ।
- शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यबस्थापन ।
- बैक खाता खोल्ने तथा बन्द गर्ने ।
- दरबन्दी थप गर्ने ।
- आम्दा अस्पतालको भवन निर्माण ।
- आम्दा नेपाल संस्था र अन्य कार्यक्रमहरुको नविकरण ।
- के.का. को कार्यक्रम र वजेट स्विकृति ।
- सि.बा.म. अस्पतालको आन्तरिक व्यबस्थापन समितिका सदस्यको मनोनयन ।
- डिजिटल भुक्तानी ।
- मेची अस्पतालको भाडा नतिर्ने फार्मेशी विरूद्द कानुनी प्रक्रियामा जाने ।
- बिदा स्विकृति ।
- सि.बा.म. अस्पतालको २५औं वार्षिक उत्सवमा सहभागिता ।
- बाल क्यान्सर सहायता कोष सञ्चालनमा ल्याउन कार्यविधि तयार गर्ने ।
वि.सं. २०८० को दशै, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम मिति २०८०।०७।०३ मा आम्दा नेपाल केन्द्रिय कार्यालयमा सम्पन्न भयो ।
३. आम्दा बंगलादेशका अध्यक्षसँगको भेट ।
आम्दा नेपालका वर्तमान अध्यक्ष, पुर्व अध्यक्षहरूको टिमले नेपालमा आउनु भएका आम्दा बंगलादेशका अध्यक्ष बिच सौहार्द पुर्ण वातावरणमा भेटघाट गर्नु भएको छ ।
४. सिद्दार्थ बाल तथा महिला अस्पतालको २५औं वार्षिक उत्सव कार्यक्रम ।
आम्दा नेपालद्वारा सञ्चालित सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको २५औं वार्षिकउत्सव मिति २०८०।०७।१६ गते भव्यताका साथ मनाउन आवश्यक तयार भैरहेको छ ।
५. नियमित साप्ताहिक बैठक
बि.सं २०८०।०७।१३ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | योजना तथा कार्यक्रमः आम्दा नेपालको वार्षिक योजना, कार्यक्रम र बजेट अनुरुप प्रगतिका सूचकहरु अध्यावधिक गर्ने, अबधारणा पत्र तयार गर्ने, कार्यविधि बनाउने लगायतका कार्य गर्ने । |
सुदेश रेग्मी | |
२ | अन्तिम लेखा परिक्षणः आम्दा नेपालको आ.व. २०७९।८० को अन्तिम लेखा परिक्षण प्रतिवेदन भदौ मसान्त भित्र प्राप्त गर्ने र परिक्षणको क्रममा उठेका सवालहरुमा आवश्यक कार्य योजना तयार गर्ने । |
रश्मी पुतुवार २०८००५३१ |
आ.व. २०७९।८० को अन्तिम लेखा परिक्षण हस्ताक्षर भई असोज मसान्तमा आन्तरिक राजश्व कार्यालयमा पेश भयो । |
३ | ICT अध्यावधिकः आम्दा नेपालको वेवसाईटमा आम्दा नेपालका, नीति, नियम, कार्यविधि, निर्देशिका, परिपत्र एवं हस्पपुस्तिका समेतको विवरण सहित कागजात तथा प्रतिवेदनहरु अध्यावधिक गर्ने । |
रामवाबु देव २०८००५३० |
|
४ | आन्तरिक तालिमः आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने । |
|
तयारी अन्तिम चरणमा |
५ | डिजिटल बैकिङ् सेवाः आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने । |
२०८००६३० |
|
६ | श्रम परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने |
अच्युत सापकोटा |
२०८००७१५ |
७ | व्यवस्थापन कार्यशालाः आम्दा नेपालको व्यवस्थापन कार्यशालामा केन्द्रीय कार्यालयको तर्फबाट प्रस्तुत गर्ने प्रस्ताव तयारीका लागी आवश्यक विवरण संकलन गरी पूर्व तयारी सम्पन्न गर्ने । |
उमेश आचार्य | अर्को हप्ता काठमाडौमा गर्ने, मिति तय हुन बाँकी । |
८ | सामाजिक परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने । |
अच्युत सापकोटा |
२०८००७१५ |
धन्यबाद!