Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-10-14
Expiry Date: 2024-10-19

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०६।२८ गते, सोमबार
अवधिः वि.सं. २०८१।०६।२० देखि वि.सं. २०८१।०६।२६ गते सम्म (ई.सं. २०२४, ४१ औं हप्ता) ।
साप्ताहिक अंक: ४१/२०२४


क. परियोजना शुरूवाती बैठक सम्पन्न ।
आम्दा नेपाल र USAID विच सम्पन्न संझौता वमोजिम सञ्चालन USAID Sustainable HIV Epidemic Control परियोजनाको शुरूवाती अभिमुखिकरण वि.सं. २०८१।०६।२१ गते USAID Nepal को कार्यालयमा सम्पन्न भएको छ । यस अभिमुखिकरण बैठकमा आम्दा नेपालबाट सचिव डा. अनिल कुमार दास, कार्यक्रम निर्देशक सुदेश रेग्मी, परियोजना प्रमुख डा. किरण बास्तोला र वित्त नियन्त्रक श्री रश्मी पुतुवारको सहभागिता रहेको थियो ।

२. मासिक प्रतिवेदन ।
आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच सम्पन्न संझौता अनुरूप सञ्चालन हुदै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण कार्यक्रमको भाद्र महिनाको मासिक प्रतिवेदन च.नं. १०४४५ को पत्र साथ गोकर्णेश्वर नगरपालिका समक्ष पेश गरिएको छ ।

३. अन्तरवार्ता सम्पन्न
आम्दा नेपालले सञ्चालन गर्ने USAID Sustainable HIV Epidemic Control परियोजनाका लागी HIV Prevention Officer पदको अन्तरवार्ता सूचना नं. १०४४५ वमोजिम वि.सं. २०८१।०६।२२ गते सम्पन्न भएको छ ।

४. नियमित साप्ताहिक बैठक
वि.सं. २०८१।०६।२८ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
कागजात सुरक्षाः आम्दा नेपालले संग्रहित गरिराख्नु पर्ने कागजात सुची अध्यावधिक गर्ने र सुरक्षित भण्डारणको व्यवस्था गर्ने । कार्यक्रम
२०८१०६२९
खुदगन्ति तथा भौतिक परिक्षणः आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूमा रहेको भौतिक सरसामानको खुदगन्ति सम्पन्न गरी भौतिक परिक्षण प्रतिवेदन सुरक्षित भण्डारण गर्ने । लेखा
२०८१०७१५
नागरिक वडापत्रः नागरिक वडापत्र अध्यावधिक गर्ने । कार्यक्रम
२०८१०६३०
 
ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
नागरिक वडापत्रः
ध्यावधिक नागरिक वडापत्रहरू आम्दा नेपालको वेभसाइडमा हेर्न मिल्ने व्यवस्था गर्ने ।
व्यवस्थापन कार्यशालाः
आम्दा नेपालको व्यवस्थापन कार्यशाला वि.सं. २०८१।०७।०७ गते भित्र सम्पन्न भइ प्रतिवेदन पेश गर्न आवश्यक व्यवस्था गर्ने ।
कर्मचारी हाजिरीः
दपूर्ति समितिले नियुक्तिका लागी सिफारिश गरेका व्यक्तिले तोकिएको मिति भित्र हाजिरी नजनाएमा २ दिनको समयसिमा तोकी हाजिर हुन जानकारी गराउने । हाजिर हुन नआएमा बैकल्पिक उमेद्ववारलाइ हाजिर गराउन आवश्यक व्यवस्था गर्ने ।
सफ्टवेयर सञ्चालनः
आम्दा नेपालले छनौट गरेको लेखा व्यवस्थापन सफ्टवेयर (AMDA_CAS छोटकरीमा ACAS/आकाश) सञ्चालनका लागी आवश्यक व्यवस्था गर्ने ।
/लेखा​
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.