दमक,झापा
प्रकाशन मितिः २०८०।०६।१५ गते, सोमवार
(अवधि वि.सं. २०८०।०६।०८ देखि २०८०।०६।१४ सम्म । इ.सं. २०२३, ३९ औं हप्ता)
१. आंशिक प्रशिक्षकहरुसंग वैठक सम्पन्न
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुखको अध्यक्षतामा प्रतिष्ठानमा कार्यरत आंशिक प्रशिक्षकहरुसंग मिति २०८०/०६/०८ गते प्रतिष्ठानमा प्रशिक्षकको समस्या, भूमिका र जिम्मेवारीका विषयमा छलफल गर्दै वैठक सम्पन्न भएको छ l
२. शैक्षिक सत्र २०८०/०८१ मा भर्ना भएका विद्यार्थीहरुको अभिमूखीकरण कार्यक्रम सम्पन्न
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्र २०८०/०८१ मा भर्ना भएका विद्यार्थीहरुको मिति २०८०/०६/१० गते यसै प्रतिष्ठानको भवनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रममा यस प्रतिष्ठानका प्रमुख श्री प्रमिला देवानज्यूले प्रतिष्ठानको परिचय दिंदै विभिन्न संकायको स्वास्थ्य क्षेत्रमा हुने महत्वका साथै नव आगन्तुक विद्यार्थीहरुले अपनाउनु पर्ने अनुशासनका बारे कार्यक्रममा संक्षेप गर्नुभएको छ l
३. शैक्षिक सत्र २०८०/०८१ को कक्षा शुरु
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्र २०८०/०८१ को अध्यापन मिति २०८०/०६/१४ गते देखि शुरु भएको छ l
४. GERIATRIC र EYE POSTING को निमित् विद्यार्थी पठाईएको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत प्रमाणपत्र तह नर्सिंग दोश्रो तर्फको विद्यार्थीहरुको GERIATRIC POSTING को लागि श्री रत्न जेष्ठ नागरिक, दमकमा र EYE POSTING का लागि श्री बिर्ता ज्योति आँखा अस्पताल, दमकमा मिति २०८०/०६/१४ देखि २०८०/०६/२६ गते सम्मको लागि पठाईएको छ l
५. निरन्तर कक्षा संचालन साथै Comprehensive Clinical Posting भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण संकायको पठनपाठन साथै सामान्य चिकित्सा अन्तिम वर्ष तर्फका विद्यार्थीहरुको Comprehensive Clinical Posting को निमित् आम्दा अस्पताल दमक, दमक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, धुलाबारी र गौरादह स्वास्थ्य केन्द्रमा निरन्तर रुपमामा संचालन भईरहेको छ l