Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-09-10
Expiry Date: 2023-09-16

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि


प्रकाशन मितिः २०८०।०५।२५ गते, सोमवार
अवधिः वि.सं. २०८०।०५।१७ देखि २०८०।०५।२३ गते सम्म (ई.सं. २०२३, ३६ औं हप्ता) ।
साप्ताहिक अंक: ३६/२०२३


१. सि.वा.म.अस्पतालको २५ औं वार्षिक उत्सवः
सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको २५ औं वार्षिकोत्सव समारोहको तयारीलाई प्रभावकारी ढंगले व्यबस्थापन गर्न आम्दा नेपालका बरिष्ठ अधिकृत श्री अच्युत सापकोटालाई आवश्यक समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।
२. आम्दा ईन्टरनेशनलका अध्यक्षको नेपाल भ्रमण
आम्दा ईन्टरनेशनलका अध्यक्ष डा. सुगेरू सुगानामी सहितका जापानीज पाहुनाहरु सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको २५औं वार्षिकोत्सव समारोहमा भाग लिन सन् २०२३ अक्टोवर ३० तारिखका दिन नेपाल आइपुग्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।

३. संस्थागत विवरण अध्यावधिक गर्ने
आम्दा नेपालको संस्थागत विवरण, पहिचान एवं क्षमताको विस्तृत विवरण तयारीका लागी विज्ञ श्री सुमन चन्द्र गुरुङलाई परामर्शदाताको रूपमा परिचालन गरिएको छ ।

४. नियमित साप्ताहिक बैठक
वि. सं २०८०।०५।२५ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
योजना तथा कार्यक्रमः
आम्दा नेपालको वार्षिक योजना, कार्यक्रम र बजेट अनुरुप प्रगतिका सूचकहरु अध्यावधिक गर्ने, अबधारणा पत्र तयार गर्ने, कार्यविधि बनाउने लगायतका कार्य गर्ने ।
सुदेश रेग्मी  
दर्ता नविकरणः
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम, सवारी साधन, घरभाडा, आपुर्तिकर्ता लगायतका दर्ता तथा नविकरण अध्यावधिक गर्ने । 
२०८००५३०
उमेश आचार्य
 
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू 
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
अन्तिम लेखा परिक्षणः
आम्दा नेपालको आ.व. २०७९।८० को अन्तिम लेखा परिक्षण प्रतिवेदन भदौ मसान्त भित्र प्राप्त गर्ने र परिक्षणको क्रममा उठेका सवालहरुमा आवश्यक कार्य योजना तयार गर्ने, बैक खाताहरु अध्यावधिक गर्ने ।
वार्षिक योजना, कार्यक्रम र बजेट अनुरुप प्रगतिका सूचकहरु अध्यावधिक गर्ने, अबधारणा पत्र तयार गर्ने, कार्यविधि बनाउने लगायतका कार्य गर्ने ।
रश्मी पुतुवार २०८००५३१

 

IT अध्यावधिकः
आम्दा नेपालको वेवसाईटमा आम्दा नेपालका, नीति, नियम, कार्यविधि, निर्देशिका, परिपत्र एवं हस्पपुस्तिका समेतको विवरण सहित कागजात तथा प्रतिवेदनहरु अध्यावधिक गर्ने ।  
रामवाबु देव २०८००५३०

 

 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
 
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा र उमेश प्रसाद आचार्य

२०८००६३०

२. डिजिटल बैकिङ् सेवाः आम्दा नेपालको आर्थिक कारोवारलाइ  डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी पुतुवार, रामबाबु देव

२०८००६३०


धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.