Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-08-25
Expiry Date: 2024-08-31

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०५।१७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०५।०९ देखि २०८१।०५।१५ गतेसम्म (ई.सं. २०२४, ३५औं हप्ता) ।
साप्ताहिक अंक: ३५/२०२४
 
१. तीज मिलन कार्यक्रम सम्पन्न  
हरेक वर्ष जस्तै यस वर्ष पनि आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालमा पुरुष कर्मचारीहरूले महिला कर्मचारीहरूलाई हरितालिका तीज पर्वको अवसरमा तीज मिलन (दर ख्वाउने) कार्यक्रम हर्सोल्लासपूर्वक मनाइयो । मिति २०८१/०५/१४ गते मनाइएको कार्यक्रम मे.सु. डा. बिनोद कुमार पराजुलीले गर्नुभएको थियो भने महिला कर्मचारीको प्रतिनिधित्व गर्दै प्रधानाचार्य श्री सरिता रावल तथा पुरुष कर्मचारीको प्रतिनिधित्व गर्दै डा. राजेन्द्र प्रसाद बस्यालले आसन ग्रहण गर्नुका साथै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रशासक श्री खगेन्द्र क्षेत्रीको संचालनमा सम्पन्न कार्यक्रममा सि.बा.म. अस्पताल तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारी एवं पूर्व कर्मचारीहरूले समेत सहभागिता जनाउनुभएको थियो ।
 
तस्विरहरू:
तीज मिलन कार्यक्रम २०८१
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.