Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-09-04
Expiry Date: 2023-09-10

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।०५।१८ गते, सोमवार
अवधिः वि.सं. २०८०।०५।१० देखि २०८०।०५।१६ गते सम्म (ई.सं. २०२३, ३५ औं हप्ता) ।
साप्ताहिक अंक: ३५/२०२३


१. कार्यकारिणी समितिको वैठक सम्पन्न
वि.सं. २०८०।०५।१२ गते मंगलबार, आम्दा नेपाल कार्यकारिणी समितिको २२ औं बैठक, संस्थाका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा निम्न विषयमा छलफल/निर्णय सहित सम्पन्न भएको छ ।

क. बैंक खाता बन्द गर्ने
ख. दरवन्दी थप
ग. आम्दा मेची स्थानिय व्यवस्थापन
घ. सि.बा.म. अस्पतालको २५ औं वार्षिकोत्सव
ङ. कार्यविधि एवं निर्देशिका स्विकृत तथा संशोधन
च. आन्तरिक लेखा परिक्षण
छ. कर्मचारी नियुक्ति
ज. दरवन्दी थप
झ. ग्रेड समायोजन
ञ. राजीनामा
ट. परियोजना संझौता

२. सफ्टवेयरको प्रयोग
आम्दा नेपालले प्रयोगमा ल्याएको डि-कोड सफ्टवेयर सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवल, आम्दा मेची अस्पाल, धुलावारी र सिमाजु डेण्टल क्लिनिक, काठमाडौंमा सफलता पुर्वक प्रयोग आएको छ । आम्दा अस्पतालमा थयासिघ्र सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइ सकिएको छ ।

३. ईमेल सेवा बन्द
आम्दा नेपालका पूर्व कर्मचारीहरुको नाममा आम्दा डोमिनमा खोलिएका केही ईमेल खाताहरु बन्द गरिएका छन् । हाल कार्यरत मध्ये केही कर्मचारीको नाममा खोलिएका तर लामो समय देखी प्रयोग नभएका खाता हरू समेत यस संगै निस्कृय गरिएका छन् । यदी कुनै कर्मचारीको ईमेललाई निरन्तरता दिनुपर्ने आवश्यकता भएमा संबन्धित कार्यालय प्रसाशनले आम्दा नेपाललाई जानकारी गराएमा सकृय पार्न सकिने व्यवस्था मिलाइएको छ ।


४. परियोजनाहरुको लेखा अभिलेख
आम्दा नेपाल अन्तर्गत सञ्चालित परियोजनाहरु वाहेक अस्पताल तथा शैक्षिक कार्यक्रमहरुमा लेखाको अभिलेख रिगो सफ्टवेयरमा राख्दै आएकोमा, अव उप्रान्त आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालय /  परियोजनाहरूको लेखा रिगो सफ्टवेयरमा अभिलेख राख्ने व्यबस्था मिलाईएको छ ।


५. क्यान्सर परिक्षण शिविर सम्पन्न
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. ४, माकलवारीको लाईट सेकेन्डरी स्कुलमा ३० देखि ६० वर्ष उमेर समुहका जम्मा ५४ जना महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण क्याम्प मिति २०८०।०५।१६ गते सम्पन्न भएको छ साथै मिति २०८०।०५।१२ गते ३५ जना महिलाको Mammogram तथा मिति २०८०।०५।१३ गते ३८ जना महिलाको USG परिक्षण गरिएको छ ।


६. मानसिक स्वास्थ्य तालिम
बुटवल उपमहानगरपालिका सँगको समन्वयमा उक्त उपमहानगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धि तालिम सञ्चालन गर्न आम्दा नेपालका पुर्व अध्यक्ष तथा वर्तमान सदस्य डा. सरोज प्रसाद वझा २०८० असोज ४-६ गते बुटवल भ्रमण गर्नुहुने कार्यक्रम तय गरिएको छ ।


७. नियमित साप्ताहिक बैठक
 वि. सं २०८०।०५।१८ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
कार्य सम्पादन मुल्याङ्कनः कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन कार्यविधि अध्यावधिक गर्न आवश्यक तिन महले तयार गर्ने । २०८००३२२
अच्युत सापकोटा

 
 केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूको का.स.मु. पुरा भइ कार्यविधिमा तोकिए वमोजिम विवरण अध्यावधिक गरिएको छ ।
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू  
क्र.सं. कामको विवरण समय तालिका र जिम्मेवारी प्रगति विवरण
योजना तथा कार्यक्रमः
आम्दा नेपालको वार्षिक योजना, कार्यक्रम र बजेट अनुरुप प्रगतिका सूचकहरु अध्यावधिक गर्ने, अबधारणा पत्र तयार गर्ने, कार्यविधि बनाउने लगायतका कार्य गर्ने ।
सुदेश रेग्मी

 

दर्ता नविकरणः
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम, सवारी साधन, घरभाडा, आपुर्तिकर्ता लगायतका दर्ता तथा नविकरण अध्यावधिक गर्ने ।  
२०८००५३०
उमेश आचार्य

 

 
धन्यबाद ! 

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.