Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-08-28
Expiry Date: 2023-09-03

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।०५।११ गते, सोमवार
अवधिः वि.सं. २०८०।०५।०३ देखि २०८०।०५।०९ गते सम्म (ई.सं. २०२३, ३४ औं हप्ता) ।
साप्ताहिक अंक: ३४/२०२३


१. पदपुर्तिको सूचना प्रकाशित
आम्दा नेपालले पदपुर्ति समितिले आम्दा अस्पताल, दमकको प्रयोजनका लागी आवश्यक विषेशज्ञ पदको पदपुर्ति गर्न मिति २०८०।०४।३२ गते प्रकाशित सुचना नं. ९३३५  बमोजिम मिति २०८०।०५।०२ गते परिक्षा सम्पन्न भई क्रमश डा. नारायण नेपाल रजिष्ट्रार (इन्टरनल मेडिसिन) र डा. सोनु भारती रजिष्ट्रार (गाइनाकोलोजी) पदमा छनौट हुनु भएको छ ।

२. सि.बा.म. अस्पतालको साइटप्लान बैठक
बुटवल उपमहानगरपालिकाका प्रमुख समक्ष सि.बा.म. अस्पतालको साइट प्लान तयार गर्ने विषयमा आम्दा नेपालका संस्थापक अध्यक्ष डा. रामेश्वर प्रसाद पोखरेल र मुख्य प्रशासक श्री सुदेश रेग्मी विच वि.सं. २०८०।०५।०३ गते समन्वय बैठक सम्पन्न भएको छ ।

३. क्यान्सर परिक्षण परियोजना
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकामा सञ्चालन गर्दै आएको क्यान्सर परिक्षण परिक्षण परियोजनाको सफलता सँगै, उक्त कार्यक्रम बुटवल उपमहानगरपालिका क्षेत्रमा सञ्चालन गर्ने तयारी स्वरूप बुटवल उपमहानगरपालिकाका प्रमुख श्री खेलराज पाण्डे, आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, पूर्व अध्यक्ष डा. सरोज प्रसाद वझा लगायतका अधिकारी विच वि.सं. २०८०।०५।०५ गते प्रारम्भिक बैठक सम्पन्न भएको छ ।


४. संगठनात्मक क्षमता मूल्याङ्कन बैठक सम्पन्न
आम्दा नेपालको संगठनात्मक क्षमता अभिवृददिका लागि FHI 360 का परामर्शदाता सँग विभिन्न चरणमा बैठक भई रहेकोमा मिति २०८०।०५।०८ गते बाँकि रहेका नीतिगत विषयमा छलफल गरि बैठक सम्पन्न भएको छ । संस्थागत क्षमता पहिचान अभ्यासका क्रममा आवश्यक ठानिएका निम्न कार्यविधिहरू तयार गरी कार्यकारिणी समिति समक्ष संशोधन एवं स्विकृतिका लागी पेश गरिएको छ ।

क. यात्रा कार्यविधि २०८०
ख. सामाजिक परिक्षण कार्यविधि २०८०
ग. श्रम परिक्षण कार्यविधि २०८०
घ. वातावरण सुरक्षा कार्यविधि २०८०
ङ. तालिम कार्यविधि २०८०
च. आइसिटी कार्यविधि २०७६
छ. लेखा परिक्षण कार्यविधि २०७६
ज. सफ्टवेयर जडान, प्रयोग तथा प्रयोगकर्ताको भुमिका र जवाफदेहिता २०७९

५. क्यान्सर परिक्षण क्याम्प सम्पन्न
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. ९, जोरपाटी हेल्थपोष्ट, आरुवारीमा ३० देखि ६० वर्ष उमेर समुहका जम्मा ८० जना महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण क्याम्प मिति २०८०।०५।०९ गते सम्पन्न भएको छ ।


६. नियमित साप्ताहिक बैठक
वि. सं २०८०।०५।११ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
कार्य सम्पादन मुल्याङ्कनः
कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन कार्यविधि अध्यावधिक गर्न आवश्यक तिन महले तयार गर्ने ।
२०८००३२२
अच्युत सापकोटा

 
 
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू  
क्र.सं. कामको विवरण समय तालिका र जिम्मेवारी प्रगति विवरण
पर्व, दिवस र उत्सवः
आम्दा नेपालले वार्षिक रुपमा मनाउने पर्व, दिवस, उत्सव आदीहरुको सूची तयार गर्ने ।
२०८००५२०
उमेश आचार्य

 

आन्तरिक व्यवस्थापन समितिको विवरण अध्यावधिक
आम्दा नेपालले गठन गरेको आन्तरिक व्यबस्थापन समितिमा कुनै परिवर्तन भए/नभएको यकिन गरि समितिलाई  अध्यावधिक गरी सो को विवरण प्रमाणित गरि राख्ने ।
२०८००५१५
उमेश आचार्य

 

 
ग. बैठकको निर्णय  
क्र.सं. निर्णय सारांश समय तालिका जिम्मेवारी प्रगति विवरण
विदाको प्रयोग सम्वन्धमाः
आम्दा नेपाल अन्तर्गत सञ्चालित सम्पुर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरु विरामी वा दुर्घटना वा अन्य मेडिकल कारणले विदा वस्नु परेमा सम्वन्धित चिकित्सकको सल्लाह बमोजिम अनिवार्य रुपमा विदामा वस्ने व्यवस्था गर्ने । उपचार क्रममा आर्जित/संचित विदा अपुग भएमा नियमानुसार बेतलवी विदाका लागी निवेदन दिन सक्ने व्यहोरा संवन्धित सबैलाइ जानकारी गराउने निर्णय गरियो । 
 

 

 
धन्यबाद !
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.