Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-08-11
Expiry Date: 2024-08-17

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०५।०४ गते, मंगलवार
अवधिः वि.सं. २०८१।०४।२७ देखि २०८१।०५।०१ गतेसम्म (ई.सं. २०२४, ३३औं हप्ता) ।
साप्ताहिक अंक: ३३/२०२४
 
१. ‘स्वास्थ्यजन्य फोहोर उपचार प्रविधि (अटोक्लेभ र माइक्रोवेभ) संचालन तथा मर्मत सम्बन्धी अभिमुखीकरण  कार्यक्रम’मा सहभागिता
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलद्वारा मिति २०८१/०४/२९ गतेदेखि २०८१/०४/३० गतेसम्म बुटवलमा संचालन भएको ‘स्वास्थ्यजन्य फोहोर उपचार प्रविधि (अटोक्लेभ र माइक्रोवेभ) संचालन तथा मर्मत सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ मा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालका मेट्रोन श्री सुशिला विश्वकर्माको सहभागिता रह्यो ।
 
२. सघन उपचार कक्षको प्रारम्भिक तयारी
आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालमा NICU तथा PICU सेवा संचालनमा रहेको भए पनि वयस्क बिरामीका लागि सघन उपचार कक्ष नरहेको र अस्पतालमा स्त्री क्यान्सर रोग उपचार सेवा शुरुवात भएका कारण यसको आवश्यकता बढ्न गएको कारण अस्पतालमा उपलब्ध रहेका मेडिकल उपकरणहरूको व्यवस्थापन गरि वयस्क बिरामीका लागि सघन उपचार कक्ष (MICU) को प्रारम्भिक तयारि गरियो ।
 
तस्वीर

 
सघन उपचार कक्ष (MICU) को प्रारम्भिक तयारि

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.