Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-08-14
Expiry Date: 2023-08-20

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
 
प्रकाशन मितिः २०८०।०४।२९ गते, सोमवार
(अवधि वि.सं. २०८०।०४।२२ देखि २०८०।०४।२८ सम्म । इ.सं. २०२३, ३२ औं हप्ता)

 
१. विश्व स्तनपान सप्ताह कार्यक्रम अन्तर्गत जनचेतना कार्यक्रम संचालन
मिति २०८०/०४/२२ गते सोमवारको दिन विश्व स्तनपान सप्ताह कार्यक्रम (August 1-7) अन्तर्गत  यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यनरत नर्सिङ तर्फका अन्तिम वर्षका  विद्यार्थीहरुले आम्दा अस्पताल दमक को Post Natal ward मा रहेका नव शिशुका आमाहरु  संग स्तनपानको महत्व र तरिका बारे अन्तरक्रिया साथै जनचेतना कार्यक्रम संचालन गरेको छ l
२. शैक्षिक सत्र २०८०/०८१ आवेदन फारम बुझाईएको
मिति २०८०/०४/२८  प्राविधिक शिक्षा तथा तालीम परिषद्को मिति २०८०/०४/१८ सूचना बमोजिम शैक्षिक सत्र २०८०/०८१ भर्ना प्रक्रियाको लागि आवेदन फारम भर्ने मिति २०८०/०४/२६ गते सम्म रहेकोमा तपशिल बमोजिमका फारम प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, प्रदेश कार्यालय इटहरीमा मिति २०८०/०४/०८ गते बुझाईएको छ l
क्र.स संकाय संख्या कैफियत
१. नर्सिङ ३२९  
२. सामान्य चिकित्सा २९  
३. मेडिकल ल्याव टेक्नोलोजी  
४. रेडियोग्राफी  
५. फिजियोथेरापी  
  जम्मा ३६८  
 
३. Micro Health Programme संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामान्य चिकित्सा तर्फका Clinical Posting मा रहेका अन्तिम वर्षका विद्यार्थीबाट मिति २०८०/०४/२८ गते मेचीनगर१०,धुलाबारीमा Dengue, Conjunctivitis, Water Purification र Oral Rehydration Solution (ORS) सम्बन्धित जनचेतना, नाटक साथै स्वास्थ्य शिक्षा जस्ता गतिविधि गरेर Micro Health कार्यक्रम संचालन गरिएको छ l
४. निरन्तर कक्षा संचालन साथै Comprehensive Clinical Posting भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण संकायको पठनपाठन साथै सामान्य चिकित्सक र नर्सिङ संकायको अन्तिम वर्ष तर्फका विद्यार्थीहरुको Comprehensive Clinical Posting को निमित् आम्दा अस्पताल दमक, दमक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र,धुलाबारी र आम्दा मेची अस्पताल र गौरादह स्वास्थ्य केन्द्रमा निरन्तर रुपमामा संचालन भईरहेको छ l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.