Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-28
Expiry Date: 2024-08-03

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०४।२१ गते, सोमवार
अवधिः वि.सं. २०८१।०४।१३ देखि २०८१।०४।१९ गतेसम्म (ई.सं. २०२४, ३१औं हप्ता) ।
साप्ताहिक अंक: ३१/२०२४
 
१. डा. सिगेरू सुगानामिद्वारा सि.बा.म. अस्पताल भ्रमण  
मिति २०८१/०४/१५ गतेका दिन आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगनामीद्वारा सि.बा.म. अस्पताल, बुटवलको भ्रमण सम्पन्न भयो । भ्रमण टोलीमा आम्दा-नेपाल अध्यक्ष डा. सुनु दुलाल, कार्यक्रम निर्देशक श्री सुदेश रेग्मी तथा आम्दा इन्टरनेशनलका परियोजना प्रबन्धक श्री अर्चना श्रेष्ठको सहभागिता रहेको थियो । भ्रमण टोलीलाई सि.बा.म. अस्पताल मे.सु. डा. बिनोद कुमार पराजुली तथा स्थानीय व्यस्थापन समिति सदस्य श्री जीवन प्रसाद वझाद्वारा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो । भ्रमण टोलि तथा स्थानीय व्यवस्थापन समिति अध्यक्ष मेयर श्री खेलराज पाण्डेज्यू तथा उपाध्यक्ष श्री हरि अर्यालज्यू लगायत स्थानीय व्यवस्थापन समिति पदाधिकारीहरूसंग अनौपचारिक भेटघाट हुनुका साथै मिति २०८१/०४/१६ गतेका दिन सम्पन्न स्थानीय व्यवस्थापन समिति बैठकमा आमन्त्रितका रूपमा सहभागिता जनाई मिति २०८१/०४/१६ गते फिर्ता भएको थियो ।
 
२. स्थानीय व्यवस्थापन समिति बैठक सम्पन्न   
मिति २०८१/०४/१६ गतेका दिन आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल स्थानीय व्यवस्थापन समिति बैठक सम्पन्न भयो । अध्यक्ष मेयर श्रीमान खेलराज पाण्डेज्यूको अध्यक्षतामा सम्पन्न बैठकमा आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगनामी, आम्दा-नेपाल अध्यक्ष डा. सुनु दुलाल, कार्यक्रम निर्देशक श्री सुदेश रेग्मी तथा आम्दा इन्टरनेशनलका परियोजना प्रबन्धक श्री अर्चना श्रेष्ठ आमन्त्रितका रूपमा सहभागी रहनुभयो । बैठकले विभिन्न प्रस्ताव उपर छलफल गर्नुका साथै आवश्यक निर्णय गर्यो । बैठक पश्चात बुटवल उप-महानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ तथा सि.बा.म. अस्पतालका तर्फबाट आमन्त्रितहरूलाई मायाको चिनो प्रदान गर्दै सहभागिताका लागि धन्यवाद व्यक्त गरियो ।
 
तस्विरहरू:
विमान स्थलमा भ्रमण टोलि सदस्यहरूको स्वागत स्थानीय व्यवस्थापन समिति पदाधिकारीहरूद्वारा स्वागत
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.