Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-07-01
Expiry Date: 2024-07-06

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०३।१७ गते, सोमबार
अवधिः वि.सं. २०८१।०३।०९ देखि वि.सं. २०८१।०३।१५ गते सम्म (ई.सं. २०२४, २६ औं हप्ता) ।
साप्ताहिक अंक: २६/२०२४


१. कार्यकारिणी समितिको दशौं बैठक सम्पन्न ।
आम्दा नेपाल, कार्यकारिणी समितिको दशौं बैठक वि.सं. २०८१।०३।१४ गते अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा निम्न प्रस्ताव उपर छलफल तथा निर्णण सहित सम्पन्न भएको छ ।
  1. बैंक खाता सञ्चालनको हस्ताक्षर परिवर्तन
  2. आम्दा इन्टरनेशनलको ४० औं वार्षिकोत्सवमा सहभागिता
  3. संझौताको अवधि मान्यता
  4. गाडि खरिद
  5. मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी
  6. बजेट संशोधन तथा रकमान्तर
  7. निर्देशिका तथा कार्यविधि संशोधन
  8. बैठक भत्ता
  9. शैक्षिक प्रतिष्ठानको सांगठनिक संरचना
  10. जिम्मेवारी वहन भत्ता तथा सञ्चार सुविधा
  11. अख्तियारीनामा
  12. खरिद स्विकृति
  13. नतिजा प्रकाशन
  14. अतिरिक्त समय काम गरे वापत पाउने पारिश्रमिक
  15. एक्सरे मशिन स्थानान्तरण
  16. विविध
२. शिलवन्दी बोलपत्र आव्ह्रान ।
आम्दा अस्पताल दमकका लागी १२८ स्लाइस क्षमताको एक थान CT Scan खरिद गर्न वि.सं. २०८१।०३।१३ गते शिलवन्दी बोलपत्र आव्ह्रानको सुचना नं. १००६० प्रकाशन गरिएको छ ।

३. दरभाउ प्रस्ताव आव्ह्रान ।
आम्दा नेपालको केन्द्रीय कार्यालयको लागी आवश्यक स्टेशनरी तथा मसलन्द सामाग्री खरिदका लागी वि.सं. २०८१।०३।१३ गते दरभाउपत्र प्रस्ताव आव्ह्रानको सुचना नं. १००६२ प्रकाशन गरिएको छ ।

४. बोलपत्रदाता छनौट ।
आम्दा नेपालले वि.सं. २०८१।०१।२२ गते प्रकाशन गरेको सुचना नं. ९९०१ वमोजिम स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकको शैक्षिक भवनको तेश्रो तला थप गर्ने प्रयोजनका लागी बोलपत्रदाता छनौटको सुचना नं. १००६३ प्रकाशन भएको छ ।

५. डा. सुगानामीको नेपाल भ्रमण कार्यकम ।
आम्दा अन्तराष्ट्रीयका अध्यक्ष डा. शिगेरू सुगानामी सिबाम अस्पतालको स्तरोन्नति विषयमा छलफलका लागी जुलाइ २७ देखी अगष्ट २ तारेख सम्म नेपाल भ्रमणमा रहने कार्यक्रम तय गरिएको छ ।

६. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०३।१७ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
समझदारी र संझौताः  आम्दा नेपालले अन्य संघ संस्थाहरूसँग गरेका समझदारी तथा संझौताहरूको कार्यान्वयन अवस्था अध्यावधिक गर्ने । लेखा
२०८१०३३०

ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
कार्यक्रम समिक्षाः स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण कार्यक्रमको समिक्षा बैठक वि.सं. २०८१।०३।१९ गते आयोजना गर्ने कार्यक्रम
२०८१०३१९

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.