Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-06-18
Expiry Date: 2023-06-24

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।०३।११ गते, सोमवार
अवधिः वि.सं. २०८०।०३।०३ देखि २०८०।०३।०९ गते सम्म (ई.सं. २०२३, २५औं हप्ता) ।
साप्ताहिक अंक: २५/२०२३


क. पदपूर्तिको परिक्षा सम्पन्नआम्दा नेपाल अन्तर्गत सञ्चालित आम्दा मेची अस्पताल, धुलावारीको लागि पद अधिकृत (प्रशासन/लेखा) नियमित तर्फ पदपुर्तिको सूचना वि.सं. २०८० जेठ ३१ गते प्रकाशित सूचना बमोजिम रितपुर्वक प्राप्त हुन आएका निवेदकहरु मध्ये १० जना निवेदकहरुलाई परिक्षाका लागि छनौट गरिएकोमा ७ जना परिक्षार्थिले लिखित परिक्षा दिएको र आम्दा नेपालको नियमानुसार ३ जना अन्तर्वार्ताका लागि छनौट भई अन्तर्वार्ताको समेत सम्पन्न भएको छ, अन्तिम नतिजा Reference Check पश्चात गरिने छ ।

ख. कार्य सम्पादन मुल्याङ्कन अभिमुखिकरण सम्पन्न आम्दा नेपालको कार्य सम्पादन मुल्याङ्कन कार्यविधिमा व्यबस्था भए बमोजिम कार्यान्वयन प्रक्रिया बारेमा जानकारी गर्न/गराउन आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/परियोजनामा रहेको आन्तरिक व्यबस्थापन समिति र सम्बन्धित कर्मचारीहरुलाई अभिमुखिकरण गर्ने उदेश्य अनुरुप वि.सं. २०८० असार ६ गते भर्चुयल माध्यमबाट अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

ग. अस्पताल सफ्टवेयरको प्रस्तावहरु खुल्लाआम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/क्लिनिकहरुको प्रयोजनका लागी आवश्यक Hospital Management Information System खरिदका लागि प्रस्ताव माग गरिएकोमा रितपुर्वक प्राप्त हुन आएका ५ वटा प्रस्तावहरु निजका प्रतिनिधिहरुको उपस्थितिमा वि.सं. २०८० असार ७ गते खोलिएको छ ।
 

घ. स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण सम्पन्न
तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. ४, गोकर्णेश्वर नगर अस्पतालमा वि.सं २०८०।०३।०९ गते ३० देखि ६० उमेर समुहका जम्मा ३६ जना महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण सम्पन्न भएको छ ।  

ङ दन्त परिक्षण शिविर सम्पन्न
नगरपालिका र आम्दा नेपाल विच वि.सं २०८०।०२।०५ गते सम्पन्न संझौता अनुरूप गोकर्णेश्वर नगरपालिका क्षेत्रका सार्वजनिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको दाँतको स्वच्छता परिक्षण गर्ने कार्यक्रम अन्तर्गत वि.सं. २०८०।०३।०८ गते अरुणोदय माध्यमितक विध्यालय, गो.न.पा.- ९, मा ३९८ विध्यार्थिहरुको दाँत परिक्षण  गरी जम्मा १७ वटा सार्बजनिको विद्यालयहरुमा दन्त चिकित्सकले दाँतको परिक्षण गर्ने, दाँतको स्वच्छता कायम गर्न पालना गर्नु पर्ने होसियारी सम्वन्धि शिक्षा प्रदान गर्ने र दाँतको सफाइका लागी दन्त मन्जन र ब्रस वितरण कार्य सम्पन्न भएको छ ।  

६. नियमित साप्ताहिक बैठक
सं २०८०।०३।११ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
 
क्र.सं. कामको विवरण जिम्मेवारी समयतालिका
छपाई नमुना अध्यावधिक गर्नेः आम्दा नेपालको प्रशासनिक काममा प्रयोग भइरहेको छपाइ नमुनाहरु यो साता भित्र अध्यावधिक गरि नमुनाहरु आम्दा नेपालको वेभसाईटमा राख्ने । अध्यावधिक गरिने सम्पूर्ण नमूनाहरू आ.व. २०८०/०८१ बाट अनिवार्य प्रयोगमा ल्याउने । सुदेश रेग्मी

नमुनाहरु संकलन तथा  अध्यवधिकको कार्य भईरहेको ।

... प्रस्तावनाः दातृ निकायहरूको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएका परियोजनाहरूको परियोजना प्रस्ताव तयार गरी समाज कल्याण परिषद्मा स्विकृतिका लागी पेश गर्ने अच्युत सापकोटा तयार भइरहेको
उत्सव/दिनको विवरणः आम्दा नेपालले उत्सव वा पर्वको रूपमा मनाउने दिनहरूको सुचि अध्यावधिक गरी सम्वन्धित सबैलाइ जानकारी गराउने उमेश आचार्य २०८००३१५
प्रस्तावना पेश गर्नेः गोकर्णेश्वर नगरपालिका र आम्दा नेपालको सहकार्यमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम, प्रजनन स्वास्थ्य कार्यक्रम, सामुदायिक विद्यालय मनोचिकित्सा कार्यक्रम र दाँतको स्वस्थता कार्यक्रम, प्राकृतिक विपत्ति पूर्वतयारी कार्यक्रम सञ्चालन गर्न प्रस्तावना पेश गर्ने । उमेश आचार्य

प्रस्ताव पेश गरियो

CCTV निगरानीः आम्दा नेपालमा जडित CCTV हरू मार्फत नियमित रूपमा शंकास्पद गतिविधको निगरानी गर्ने प्रवन्ध मिलाउन कर्मचारीलाइ अभिमुखिकरण गर्ने रामबाबु देव २०८००२३०
बिदा र सरुवाः आम्दा अस्पतालमा कार्यरत स्त्री रोग विषेशज्ञको बिदा र सि.वा.म. अस्पतालमा कार्यरत फार्मेशी अधिकृतको सरुवा सम्बन्धमा अच्युत सापकोटा २०८००३०३
लेखा परिक्षणको समिक्षा र कार्य योजना रश्मी पुतुवार

२०८००३१५

PIN अध्यावधिक गर्ने राम बाबु देव २०८००३१५
वित्त नियन्त्रक रश्मी पुतुवारको संयोजकत्वमा स्टोरको भौतिक परिक्षण गर्न तिन सदस्यिय समिति गठन
 
रश्मी पुतुवार
रेनुका बस्नेत
पार्वति भट्ट
२०८००३१५
१० का..मु. पुनर्ताजकी तालिम सञ्चालन गर्नेः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल तथा परियोजनाहरुमा कार्यरत कर्मचारीहरु मध्ये आन्तरिक व्यबस्थापन समितिका सम्पुर्ण सदस्यहरुलाई भर्च्युयल माध्यमबाट का.स.मु. पुनर्ताजकि तालिम सञ्चालन गर्ने । अच्युत सापकोटा

सम्पन्न

११ नीति नियम, कार्यविधि अध्यावधिक गर्ने । सुदेश रेग्मी

२०८००३२९

१२ Full Recognition certificate (PCL Nursing) नविकरण प्रक्रिया लामो समय देखि विचारधिन रहेकोमा सत्य तथ्य बुझि नर्सिङ् काउन्सिलबाट नविकरण गराउने। उमेश आचार्य

नर्सिङ् काउन्सिलमा बुझिएकोमा MEC मा बुझ्न सुझाव प्राप्त

१३ डेन्टल क्लिनिक जन-स्वास्थ्य कार्यालय, काठमाडौबाट गरिएकोमा  लामो समय देखि नविकरण नभएकाले नविकरणका लागि नगरपालिक तथा जन-स्वास्थ्य कार्यालयमा बुझ्ने । उमेश आचार्य जन-स्वास्थ्य कार्यालय, काठमाडौमा बुझिएकोमा स्थनिय तह आउनु अगाडिको नियमावली निष्क्रिय रहेकाले प्रदेशले अर्को नियमावली नबनाए सम्म नविकरण स्थगित रहेको जानकारी प्राप्त ।
१४ मोटरसाईकल नविकरण नियमित गराउने । उमेश आचार्य नविकरण प्रक्रियामा रहेको २०८००३२७
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू 
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
स्थानिय सहयोग परिचालन । सुदेश रेग्मी

 

समझदारी/संझौता अध्यावधिक गर्ने । उमेश आचार्य

२०८००३२०

 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
जुनसुकै कार्यालयमा कार्यरत कर्मचारीको राजिनामा सिधै के.का. मा प्राप्त भएमा सिफारिशका लागि निज कार्यरत रहेका कार्यालयमा सोधि पठाउने । अच्युत सापकोटा

 

कार्यसम्पादन मुल्याङ्कन कार्यविधिमा आवश्यक परिमार्जन नोट गर्ने, सरसमानको भौतिक परिक्षण कार्यविधिमा तोकिएको मापदण्ड बमोजिम गर्ने । रश्मी पुतुवार  
Hospital Management Information System का लागि प्राप्त प्रस्तावहरुको प्राविधिक मुल्याङ्कन गरी प्रतिवेदन पेश गर्ने। रामबाबु देव २०८००३१३
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.